काभ्रेकी ढकालको जापानमा मृत्यु
शुक्रबार, २१ फागुन २०७२, १३ : २०
टोकियो - जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ ।
काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए । अस्पतालले हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।
साइतामाको निशिउरावामा काम गर्न गएकी ढकालले बिहीबार साँझ एक्कासि मुटु दुख्यो भनेपछि कम्पनीको गाडीमा ओमिया अस्पतालमा उपचारका लागि लगिएको थियो । मृतक ढकालका श्रीमान् खेमराज १९ वर्षीय एक छोरा र १७ वर्षीया छोरी जापानमै छन् । छ बर्षअघि कुक भिसामा जापान आएका श्रीमान् खेमराज विगत पाँच महिनायता बेरोजगार भई नयाँ काम खोजिरहेका छन् ।
यसैबीच पारिवारिक अवस्था कमजोर भएको भन्दै मृतक ढकाल परिवारले जापानवासी नेपालीसँग सहयोगको आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण