डरलाग्दो ट्वेन्टी सेभेन आवर्स’को अफिसियल ट्रेलर
काठमाडौँ – प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को अफिसीयल ट्रेलर सार्वजनिक गरिएको छ ।एक मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा चलचित्रमा समाबेस केही डरलाग्दा दृश्यहरुलाई स्थान दिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा भिएफएक्स बाट बनाइएका बिभीन्न डरलाग्दा दृश्यहरु समेत देख्न पाइन्छ ।
साइकोलोजिकल हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को यस्तिबेला पोस्टप्रोडक्सन भारतको हैदराबादमा भैरहेको छ । चैत्रमा रिलीजको तयारी गरिएको यो चलचित्रलाई दिपक लम्सालले निर्माण गरेका हुन् । बुटवल , पाल्पा र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रमा दिपक लम्साल ,सिद्धु पुजारी ,सारिका घिमिरे,मधु घिमिरे लगायतको अभिनय रहेको छ । फोटोग्राफी पढ्ने केही ब्याक्तीहरुको एक अनुसन्धानका क्रममा २७ घण्टाभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ ।
पछिल्लो समय नेपालमा हरर चलाचित्र बन्न छोडेको बेला आधुनीक प्राविध प्रयोग गरेर चलचित्र बनाएको कारण चलचित्रलाई दर्शकले रुचाउने निर्माता तथा कलाकार दिपक बताउछन् । साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेका यो चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ ।
https://www.youtube.com/watch?v=jTIlTxIaRpMखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण