बस दुर्घटनामा ३३ जना घाइते
शुक्रबार, २१ फागुन २०७२, १३ : ४३
दाङ – दाङको धानखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ३३ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको राप्ती अञ्चल सार्वजनिक यातायात समितिको ना४ख १०७६ नम्बरको बस गोवरडिया–१ मा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रमुख कुवरे कडायतका अनुसार आज बिहान भएको उक्त बस दुर्घटनामा परी घाइते भएकामध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते १६ जनाको उपचार बुटवलमा भइरहेको छ भन्ने अन्य १७ जना घाइतेको भालुवाङमा उपचार भइरहेको छ ।
बस विद्युत्को पोलसँग ठोक्किएर उक्त दुर्घटना भएको थियो । एसपी कडायतका अनुसार चालक निदाएर वा अत्यधिक गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । अधिकांश घाइते दाङवासी भएको बताइए पनि उनीहरुको नाम भने खुल्न नसकेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण