शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऊर्जा सहकार्यमा बङ्गलादेशका सूचनामन्त्रीको प्रस्ताव

शुक्रबार, २१ फागुन २०७२, १३ : ५३
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं - बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बङ्गलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज बिहान आयोजना गरेको साक्षात्कारमा उहाँले दुई देशबीच ऊर्जाका आदानप्रदान गर्न सकिने सम्भावना रहेकाले यसतर्फ दुई देशका सरकारले तत्कालै पहल थालनी गर्नुपर्नेमा जोड दिए।

उनले गङ्गा, ब्रह्मपुत्र र मेघना नदी (जिबिएन) बेसिनबाट ८० हजार मेघावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले यस क्षेत्रको पानी र ऊर्जाको सङ्कट अन्त्य गर्न सकिने भएकाले यसमा साझेदारीको आवश्यकता औँल्याए ।

मन्त्री इनुले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको भन्दै बङ्गलादेशका दीपकङ्र बुद्धको दोस्रो घर नेपाल भएकाले दुई देश सांस्कृतिक बन्धनमा बाँधिएको भन्दै दुई देशबीच आर्थिक, पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

अहिले सात हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेकामा सडक मार्ग खुला भएपछि यो सङ्ख्या बढ्ने सम्भावना व्यक्त गर्दै नेपालको हिमाल, पहाड हेर्न बङ्गलादेशी र बङ्गलादेशको नदी, समुद्री किनार हेर्न नेपाली पर्यटक जानसक्ने बताए ।

उनले भने, ‘‘नेपाल–बङ्गलादेशबीच हवाई सम्पर्क रहेकामा बङ्गलाबन्ध र फूलबारीसँगै मङ्गलपुर चितगाउँको बन्दरगाह पनि नेपालको लागि खुला भएकाले अब बृहत् साझेदारीको सम्भावना खुलेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप