शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विष हालेर पोखरीका २५ सय माछा सखाप

शुक्रबार, २१ फागुन २०७२, १३ : ५५
शुक्रबार, २१ फागुन २०७२

जाजरकोट - यहाँको भेरीमालिका नगरपालिका वडा नं ३ स्यालामा अज्ञात व्यक्तिले विष हालेर दुई हजार ५०० घरपालुवा माछा पोखरी सखाप भएको छ । व्यावसायिक माछा पालन गरेको पोखरीमा मङ्गलबार राति अज्ञात व्यक्तिले विष हालेर दुई ५०० माछाका भुरा मरेको माछापालक किसान सुनिल केसीले विहिबार जानकारी दिए । मङ्गुर जातका माछाका भुरा गत मङ्सिरमा नेपालगन्जदेखि ल्याएर आफ्नो पोखरीमा राखेको केसीले बताए । केसीले एसएनभी तथा खाद्य सुरक्षा कार्यक्रमको रु एक लाख ५० हजार अनुदान सहयोग लिएर माछापालन व्यावसायिक रुपमा गर्नुभएको थियो । पोखरीका सबै माछा विषका कारण मरेको केसीको भनाइ छ । पोखरीको पानी ल्यावमा राखेर परीक्षण गरेपछि मात्र विष हाले नहालेको पत्ता लाग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मङ्गुर जातको माछापालनका लागि कृषि कार्यालयले अनुमति नदिएको हुँदा विष प्रयोग भएको पानी परीक्षण गर्न आफ्नो कार्यालयले पठाउन नमिल्ने कृषि विकास कार्यालयले जनाएको छ । पानी ल्याव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । ल्याब परीक्षणबाट आएको रिपोर्टका आधारमा प्रहरी अनुसन्धानलाई अगाडि बढाइने प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप