कालोबजारीको आरोपमा प्रदीपजंग पाण्डेका दुई छोरा पक्राउ
शुक्रबार, २१ फागुन २०७२, १३ : ४७
काठमाडौं–कालोबजारीको आरोपमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका दुई छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पाण्डेका छोराहरु प्रज्वलजंग पाण्डे र प्रवलजंग पाण्डेले राजदरबारको उत्तरी ढोका नजिकै रहेको लोमस फर्माक्युटिकल्सबाट औषधीमा चर्को कालोबजारी गरेको अभियोगमा पक्राउ गरेको हो ।
उनीहरुको स्वामित्वमा रहेको उक्त फर्र्माक्युटिकल्सले औषधीमा चर्को कालोबजारी गरेको उजुरी परेपछि महानगरिय प्रहरी परिसर काठमाडौको टोलीले आज दिउँसो छापा मारेर पाण्डे दाजुभाईलाई पक्राउ गरिएको महानगरिस प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार प्रहरीले हात्तीसारमा रहेको देउरारी जनता फर्माक्युटिकलमा पनि छापा मारेर त्यसको सञ्चालक हरिभक्त शर्मालाई पक्राउ गरेको छ ।
प्रहरीले छापा मारेको लोमस र देउराली जनता चर्चित औषधी कम्पनीमा गनिन्छन् । तर, उनीहरुले सरकारले तोकेभन्दा औषधीमा तीन गुणाभन्दा बढी मूल्य लिँदै आएको प्रहरी दाबी छ ।
प्रहरीले यसबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण