शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पतालमा विद्युत सेवा नहुँदा विरामीले उपचार पाएनन्

शुक्रबार, २१ फागुन २०७२, १५ : २१
शुक्रबार, २१ फागुन २०७२

काठमाडौँ –नेपाल विद्युत प्राधिकरणले निजि स्वास्थ्य संस्थालाई वितरण गर्दै आएको डेडिकेटेड लाईन (फिडर लाईन ) गत फाल्गुन ११ गतेबाट कटौती गरेपछि अस्पतालहरु समस्यामा परेका छन् ।

सरकारी नियम अनुसार नै विगत २०६५ माघ १ गतेको सुचनाका आधारमा फिडर लाइन निजि स्वास्थ्य संस्थालाई दिइँदै आएको थियो । सरकारी निर्णय भएपनि त्यसका लागी आवश्क सबै सामानहरुको मुल्य आफैंले खर्चेर नेपाल सरकारको निति अनुसार विद्युतको उपयोग गर्दै आएका आएपनि हाल काटिएको ओम अस्पतालका डाइरेक्टर हरिस जोसिले बताए ।

उनले २०७२ साल फाल्गुन ५ गते गोरखापत्रमा पहिलोपटक सार्वजनीक सुचना निकाली उर्जा संकटको कारण देखाउदै फिडरबाट आएको सबै लाईन काट्ने विद्युत प्राधिकरणले निर्णय गरेसंगै फाल्गुन ११ गतेबाट सबै अस्पताललाई दिदै आएको फिडर लाईन काटेपछि यसको सिधा असर अस्पताल र अस्पतालले दिने अत्यवश्यकीय सेवामा परेको बताए । ।

फिडर लाइन काटिएका अस्पतालहरुले विद्युत प्राधिकरणलाई पटक पटक विगतको सरकारी नियम अनुसार नै फिडर लाईन उपलब्ध गराउन ताकेता गरेपनि विद्युत जडान गर्ने विषयमा बेवास्था गरेपछि समस्यामा रहेका निजि स्वास्थ्य सस्थांले न्याईक खोजिका लागी पुनरावेदन अदालतमा फिडर जोडिपाउ भनेर निवेदन गरेका थिए । ओम अस्पतालका डाइरेक्टर डाक्टर हरिस जोशिले पुनरावेदन अदालतले आफुहरुको पक्षमा गत १९ गते निर्णय गरि तत्काल फिडरको व्यवस्था सहित विद्युत उपलब्ध गराउन विदुत प्राधिकरणलाई विपक्षि बनाई छलफलका लागी बोलाउन विद्युत प्राधिकरणलाई आदेश गरेको बताए । उनले भने अदालतकको आदेशको अवज्ञा गर्दै विद्युत प्राधिकरणले हालसम्म पनि विद्युत जडान गरेको छैन जसले गर्दा स्वास्थ्य संस्थामा जटिल समस्या उब्जीएको छ । उनले नाकाबन्दीका कारण देश संकटमा रहेको र अर्कोतर्फ डिजेलको समस्याले जेनेरेटर पनि संचालन गर्न नसकिने हुदा भोलिका दिनबाट अस्पतालहरु संचालन गर्नेकी नगर्ने चुनौतिको विषय बन्न थालेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप