जिरी विमानस्थलन पुनः सञ्चालनमा ल्याइने
जिरी - दोलखाको पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल तीस वर्षपछि पुनःसञ्चालनमा ल्याइने भएको छ ।
विसं २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गर्नुभयो ।
“विमानस्थल पुनः सञ्चालनमा ल्याउन तयारी भइरहेको छ” नेपाल उड्डयन प्राधिकरणका निर्देशक योक्षिमयोले भने । विमानस्थल निर्माणको लागि आर्थिक अभाव रहेको उनको भनाइ छ । विमानस्थल निर्माणको काम पहिलो प्राथमिकतामा राखेर काम गर्ने योक्षिमयोले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उड्डयन प्राधिकरणका वरिष्ठ अधिवक्ता शर्माले विमानस्थल पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना लाग्ने बताए । सभासद् गुरुङले जिरीको पर्यटकीय पृष्ठभूमिलाई केलाउँदै विमानस्थल पुनः सञ्चालनमा जति सक्दो चाँडो काम गर्न प्राधिकरणका पदाधिकारीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण