को हुन् कांग्रेस केन्द्रिय सदस्यका उम्मेद्वार गोबिन्द बहादुर शाह ?
पुर्वसुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । अछाम रिडिकोट गाबिस अछाम–१ मा २०१७ सालमा पिता जगतबहादुर र आमा देवी शाहका कोखबाट जन्मिएका शाह २०३२ सालमा नेपाल बिद्यार्थी संघ मार्फत औपचारिक रुपमा नेपाली कांग्रेशमा प्रवेश गरेका थिए । २०३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नितिबाट प्रभाबित भएको भन्दै शाहले त्यसपछिका दिनमा आफु निरन्तर रुपमा संघर्ष गर्दै अगाडि बढेको बताए । सर्वप्रथम २०३७ सालमा सुदुरपश्चिमको डोटी क्याम्पस अन्र्तगत स्ववियू क्याम्पस सभापति बनेका शाह त्यसपछि २०४३ सालमा नेवि संघ केन्द्रीय सदस्य बन्न सफल भए । नेपालमा लोकतन्त्रका लागि भएका आन्दोलनमा पटकपटक जेल जिबन बिताएका शाह २०३८, २०३९ र २०४२ सालमा तिन बर्ष जेल जिबन ब्यतित गरे । हाल महासमिति सदस्य रहेका केन्द्रीय सदस्यका उमेद्धवार शाह संसदिय निर्वाचनमा भने सर्वप्रथम २०४८ सालमा अछाम क्षेत्र न. २ बाट निर्वाचित भए । त्यसपछि २०५६ सालमा भएको मध्यावधि निर्वाचनमा क्षेत्र नं १ बाट बिजयी भएका शाह त्यससमयका नेकपा एमालेका तत्कालिन उमेद्धवार भिम रावललाई पराजित गर्न सफ भएका थिए । २०६४ सालमा भने उनले पराजय बेहोरे । यद्यपी निरन्तर रुपमा कांग्रेशको केन्द्रीय राजनिति पछ्याउदै अगाडि बढेका शाहले स्वर्गीय कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारको पालामा सुचना तथा सञ्चार राज्यमन्त्रीको भुमिका निर्वाह गरे । राज्यमन्त्री रहँदा शाहले नेपालमा पहिलो पटक मोवाइल सेवा शुभारम्भ गर्ने संकेतका रुपमा प्रधानमन्त्रीलाई मोवाइल उपहार दिएर यसको थालनी गरीएको उनको भनाइ छ । कांग्रेश महाधिवेशनको बर्तमान नेतृत्व र पार्टिभित्रको आन्तरिक राजनितिमा पछिल्लो समय देखीएको गुट उपगुटका बिषयमा भने अवको नेतृत्वले यसलाई हटाउँदै अगाडि बढ्नुपर्ने बताए । पार्टिमा गुटउपगुट स्वभाबिक भएपनि यसको प्रयोग गलत ढंगबाट हुन नहुनेमा उनको जोड छ । आफुलाई देउवा निकट मान्ने केन्द्रीय सदस्यका उमेद्धवार शाहले पार्टिको नेतृत्वलाई सदैब गुण र दोशका आधारमा मुल्यांकन गरेर समर्थन र विरोध गर्नुपर्नेमा जोड दिए । आफु लामो समय देखी कांग्रेशमा निष्ठा र बैचारिक राजनितिलाई केन्द्रमा राखेर अगाडि बढेको भन्दै शाहले केन्द्रीय सदस्यमा परेको आफ्नो उमेद्धवारीलाई आम कार्यकर्ताले मुल्यांकन गरिदिनेमा आशाबादी रहेको बताए । कांग्रेसको नेतृत्वमा संविधान निर्माण भएको भन्दै अब यसको कार्यन्वयन र लोकतन्त्रलाई मजबुत पारि युवा नेतृत्व स्थापित गरेर अगाडि बढ्नु कांग्रेसको आजको चुनौती भएको र यसका लागि आफुलाई आमकार्यकर्ताले मुल्यांकन गरीदिने उनको बिश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण