मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको बैठक ताप्लेजुङमा
बुधबार, २६ फागुन २०७२, १८ : २३
ताप्लेजुङ–बत्तीसौँ वार्डेन सेमिनार तथा १४औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठक आजदेखि ताप्लेजुङमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने तीनदिने उक्त सेमिनार तथा बैठकको सांसद डम्बरध्वज तुम्बाहाम्फेले उद्घाटन गरे ।
सम्मेलनमा मुलुकभरका वन संरक्षण अधिकृतको सहभागिता छ । तीन दिनसम्म चल्ने उक्त बैठकमा जैविक विविधता संरक्षणका लागि आवश्यक ऐन, नियम परिमार्जन, भावी नीति तथा कार्यक्रम र रणनीतिका सम्बन्धमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणीन्द्रराज खरेलले बताए ।
मुलुक अब सङ्घीयतामा गइसकेको र मुलुकले नयाँ संविधान पाइसकेका अवस्थामा विगतका केही ऐन नियम परिमार्जनको आवश्यकता भएकाले यस पटकको बैठक कानुन परिमार्जनको विषयमा केन्द्रित हुने खरेलको भनाइ छ ।
यस पटकको सेमिनार तथा बैठक कानुन परिमार्जनको नारालाई लिएर आयोजना भएकाले छलफलबाट कानुन परिमार्जनका लागि आवश्यक सिफारिस बनाई सरकारसमक्ष पेस गरिने बताइएको छ । बैठक विभागको आयोजना तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालय ताप्लेजुङको व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण