शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

केही समय बन्द भएको भद्रगोल पुनः प्रशारणमा आउने

बुधबार, २६ फागुन २०७२, १९ : ०१
बुधबार, २६ फागुन २०७२
काठमाडौं–केहि समय अघिदेखि प्रशारण बन्द भएको हाँस्य टेलिश्रृंखला भद्रगोल आउँदो शुक्रबारबाट पुनः प्रशारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको भद्रगोल विगत केही महिना अघिदेखि प्रशारण बन्द भएको थियो । साथै अन्य हाँस्य टेलिश्रृंखलाहरु पनि बन्द भएका थिए । पहिलेकै जसरी भद्रगोल अब नियमित रुपमा प्रशारण हुन लागेको सागर लम्साल ‘बले’ ले जानकारी दिए । सामाजिक संजाल फेसबुकमार्फत समेत भद्रगोलका कलाकारहरुले आउँदो हप्ताको शुक्रबारबाट भद्रगोल पुनः प्रशारण हुने जानकारी दिएका छन् । छोटो समयमा निकै चर्चा कमाएको भद्रगोल विगत २ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो । अब पुरानै समयअनुसार भद्रगोल प्रशारण हुने टिमको ठम्याई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप