खानेपानी तथा सरसफाइमन्त्री सिंहको सम्पत्ति विवरण
बुधबार, २६ फागुन २०७२, १९ : ०९
काठमाडौँ–खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा प्राचीन मूर्ति पाँच थान, प्राचीन खुँडा तरबार सात थान, प्राचीन गुप्त लठ्ठी तीन थान, प्राचीन थाली, कचौरा र कसौँडी १० थान रहेको उल्लेख छ ।
त्यसैगरी २५ तोला पैतृक र २० तोला स्वआर्जन गरेको सुन, ५०० तोला पैतृक चाँदी, मुगा २० तोला, सिपी पाँच थान र नगद रु ७५ हजार रहेको विवरणमा उल्लेख छ ।
विभिन्न बैंकमा रु ८७ हजार रकम मौज्जाद रहेको तथा सेन्ट्रल फाइनान्स लिमिटेड ललितपुरबाट रु ३० लाख ऋण लिएको सम्पत्ति विवरणमा जनाइएको छ ।
मन्त्री सिंहको नाममा काठमाडौंको थानकोटमा सात आना जग्गामा साँढे तीनतले घर, कालीकोटको ओदानकुमा दुई वटा तीनतले घर, कालीकोटकै मान्मखाडाचकमा एकतले घर रहेको छ । त्यस्तै कालीकोटका विभिन्न स्थानमा उनको घडेरी र जग्गा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण