एनसेलले ल्यायो सबैलाई उपहार योजना
बिहीबार, २७ फागुन २०७२, ११ : २८
काठमाडौं–देशकै अग्रणी प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्छन् ।
‘एनसेलको बहार, सबैलाई उपहार’ आजबाट लागु भई ९० दिनसम्म संचालनमा रहने छ । योजनामा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई प्रत्येक दिन निश्चित डेटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाईम, रात्रि टक टाईम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले १७१२४ मा डायल गरी अथवा अंग्रजीको पहिलो अक्षर ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । सहभागिता जनाए पछि ग्राहकले विविध उपहारहरु मध्ये एक उपहार हरेक दिन योजना अवधिभर लगातार पाउनेछन् । योजनामा रु ५० बोनस ब्यालेन्स, रु २५ बोनस ब्यालेन्स, रु १५ बोनस ब्यालेन्स, ९ एमबी डेटा, ६ एमबी डेटा, ५ मिनेट बोनस टक टाईम, १० बोनस एसएमएस र एमएमएस, रु १० रात्री टक टाईम बोनस, रु १० रात्री बोनस, ५ बोनस एसएमएस लगायतका उपहारहरु रहेका छन् । यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरी अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् । “ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न एनसेल सँधै प्रतिबद्ध रहेको छ । ग्राहकलाई आफ्ना प्रियजनसँग निःशुल्क थप सम्पर्कमा रहन संभव बनाउने यो योजनाले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । योजनामा सहभागी ग्राहकले पहिलो दिन प्राप्त गरेको उपहार योजना अवधिभर लगातार प्राप्त गर्नेछन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण