शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारीका लागि मधेशी मोर्चाको बैठक बस्दै

बिहीबार, २७ फागुन २०७२, ११ : ४३
बिहीबार, २७ फागुन २०७२

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउनेबारे आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दैछ । आन्दोलनको स्वरुप परिवर्तन गरेर खुकुलो पारेपनि सरकारले मधेशको मुद्दाप्रति कुनै वास्ता नगरेको भन्दै मधेशी मोर्चाले आन्दोलनमा जानुअघि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

आज दिउँसो २ बजे बस्ने बैठकमा ज्ञापनपत्रको बारेमा छलफल गर्ने राष्ट्रिय मधेश समाजवादीका प्रवक्ता केशव झाले जानकारी गराए ।

फागुन २४ गते मधेशी मोर्चाको सचिवालय बैठक बसि ज्ञापनपत्रको खाका तयार भएको र आज शीर्षस्थ नेताको बैठकले त्यसलाई अन्तिम रुप दिने झाले बताए । आन्दोलनमा राज्यको तर्फबाट भएको दमनबारे छानविन गर्न उच्च स्तरीय छानविन आयोग बनाउनुपर्ने, आन्दोलनमा मृत्यू भएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निशुल्कको उपचार गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुलगायत मधेशी मोर्चाले शुरुदेखि उठाउँदै आएको ११ बुँदे माग पूरा हुनुपर्ने लगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको बताइएको छ । साथै, बैठकले आन्दोलनका थप कार्यक्रम पनि घोषणा गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप