स्ववियू चुनावको माग गर्दै देउवा निवास पुग्यो नेविसंघ
बिहीबार, २७ फागुन २०७२, १२ : २३
काठमाडौं– नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको चुनावलाई आफूले हारजितको रुपमा नलिएको भन्दै जिम्मेवारीमात्रै प्राप्त गरेको बताएका छन् ।
बिहिबार आफ्नै निवास बुढानिलकण्ठमा नेविसंका प्रतिनिधिहरुसँगको भेटमा देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजान आफू सक्रियता पूर्वक लागिपर्ने समेत बताए ।
उनले तराई मधेसको समस्या समाधानका गर्न पहल गर्ने बताउँदै सभापति देउवाले भने, ‘तराई मधेसको समस्या छिट्टै टुंगोमा पुर्याई मलुकमा लगानिको वातावरण बनाउन लागिपर्छु ।’
सो अवसरमा नेविसंघले केन्द्रिय समितिको तर्फबाट देउवालाई सभापति भएकोमा शुभकामना दिएको थियो भने तत्काल नेविसंको महाधिवेशनका साथै स्ववियू निर्वाचनका लागि पहल गर्न आग्रह गरेका थिए ।
जवाफमा देउवाले तत्काल स्वबियु चुनाव गराउने वातावरण निर्माण गर्ने आश्वासन दिँदै आफू नेबिसंघको पूर्वसभापति समेत रहेकाले नेबि संघको योगदान भुल्न नसक्ने र चुनावको पुर्ण नतिजा आएपछि बस्ने पार्टीको पहिलो केन्द्रिय समितिको बैठकबाट नेबिसंघ लगायत सबै भात्री संस्थाको अधिबेशन बढीमा ६ महिना भित्र सम्पन्न गराउने गरि निर्णय गराउने पनि प्रतिबद्वता जनाए ।
यस्तै नेविसंघले नवनिर्वाचित महामन्त्री शशांक कोइरालालाई पनि भेटेर शुभकामना दिएको नेबिसंघको प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
सो अवसरमा कोइरालाले पार्टीको १३ औं अधिबेशनले पार्टीमा नयाँ तरंग आएको भन्दै पार्टी एक बनाएर लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण