शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

घुस लिँदालिँदै इन्सपेक्टर अख्तियारको फन्दामा

बिहीबार, २७ फागुन २०७२, १२ : ३४
बिहीबार, २७ फागुन २०७२

राजविराज – दुर्घटनाको केस मिलाई दिन्छु भन्दै सवारी धनीसँग घुस लिँदा लिँदै एक इन्सपेक्टर सहित दुई प्रहरी अख्तियारको फन्दामा परेका छन् ।

सप्तरीको इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी निरीक्षक प्रेम बहादुर थापा र प्रहरी जवान अशोक यादव सवारी धनीसँग ५० हजार घुस लिँदा लिँदै बुधबार रंगेहात पक्राउ  परेका हुन् ।

एक साता अघि कडरबोना क्षेत्रमा भएको सवारी दुर्घटनाको विषयलाई लिएर सवारी धनी सप्तरी निवासी मो. साविर अलीसँग दुर्घटनाको मुद्दा मिलाई दिन्छु भन्दै बुधबार दिउँसो २ बजेतिर ५० हजार घुस लिँदा लिँदै इन्सपेक्टर थापा र प्रहरी जवान यादव पक्राउ  परेका हुन् ।

दुर्घटनाको मुद्दा सहज बनाई दिने भन्दै उनले अलीसँग ५० हजार रकम घुस मागेपछि अलीले अख्तियारलाई जानकारी गराएका थिए । त्यसपछि अख्तियारको पूर्वाञ्चल केन्द्रीय कार्यालय इटहरीबाट खटेको टोलीले निगरानी शुरु गरेको थियो । घुस लिँदा लिँदै पक्राउ  परेका प्रहरी निरीक्षक थापा र प्रहरी जवान यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया शुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय, इटहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप