यात्रुलाई झुक्याउँदै श्रृंखलाबद्ध ठगी
राजविराज – राजविराज–जनकपुर र राजविराज–लहान रुटमा चल्ने केही बस ब्यवसायीले नयाँ–नयाँ ढंगले ठगी गर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यस्तै यात्रु ठग्ने दुई बसको ठगी धन्दा यात्रुहरुले प्रमाण सहित सार्वजनिक गर्दै कारवाहीको माग गरेका छन् ।
ती बस ब्यवसायीले यात्रुहरुलाई विश्वासमा लिई गाडी चढाउने तर बाटोमा विभिन्न बहाना देखाई यात्रुलाई बीच बाटोमै उतारेर अलपत्र पार्ने गरेको खुलेको छ । राजविराजबाट जनकपुर रुटमा चल्ने ना.३ख ८२०४ नम्बरको श्री न्यू विजय ट्राभल्स र राजविराजबाट लाहान रुटमा चल्ने ना.३ख ८५२६ नम्बरको शिव दर्शन ट्राभल्सले यसरी यात्रुहरुलाई ठग्ने गरेको पीडितहरुले गुनासो गरेका छन् ।
जनकपुरबाट राजविराजका लागि हिँडेकी राजविराज ३ निवासी अनिता माझीले यात्रु ठग्ने ती बसका सञ्चालकलाई कारवाहीको माग गर्दै बुधबार सगरमाथा यातायात संघ राजविराजमा उजुरी दर्ता गरेका छन् ।
“राजविराज जान्छौं भन्दै श्री न्यू विजय ट्राभल्सका कन्टेक्टरले जनकपुरमा टिकट काटेर बसाए पनि लहान पुगेपछि गाडी रिजर्भ भयो, यही उत्रिनुस्” भन्दै बीच बाटोमै उतारे, म त चकित परें उनले भनिन, “यो त सरासर ठगी हो ।” यात्रुलाई ढाँटेर यसरी ठगी गर्नेलाई कारवाही हुनुपर्छ– उनको भनाई थियो । यस्तै बुधबारै लाहानबाट राजविराज जान्छु भन्दै शिव दर्शन ट्राभल्स मिनी बसले पनि यात्रु ठगेको पीडितहरुले गुनासो गरेका छन् । लाहानबाट १५ जना यात्रु लिएर राजविराजका लागि हिँडेका उक्त बसले रुपनी आई पुग्दा “अव राजविराज गए यात्रु पाइँदैन त्यसैले यही उत्रिनुस्” भन्दै बीच बाटोमै यात्रुहरुलाई ओरालेर अनावश्यक दुःख दिएको राजविराज निवासी उमाकान्त साहले बताए । यात्रुलाई झुक्याएर गाडी चढाउने तर बीच बाटैमा ओरालेर अलपत्र पारी ठगी गर्ने त्यस्ता बस कम्पनीका सञ्चालकलाई कानून बमोजिम कारवाही हुनुपर्ने साहको भनाई छ । ती बसका कण्डक्टरले यसरी यात्रु ठग्ने घटना भने पहिलो होइन । यस अघि पनि पटक–पटक यात्रुलई झुक्याएर गाडी चढाउने र बीच बाटोमै अलपत्र पार्ने गरेकाले सो को छानविन गरी कारवाही हुनुपर्ने नागरिक जन सरोकार केन्द्र सप्तरीका अध्यक्ष राम कुमार यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण