शैक्षिक सुधारका लागि सबै प्रधानाध्यापक सदरमुकाममा
बिहीबार, २७ फागुन २०७२, १४ : ०२
जाजरकोट–यहाँका उच्च मावि र माविका प्रधानाध्यापक (प्रअ)हरु सदरमुकाममा भेला भएका छन् । जिल्लाको शैक्षिक अवस्थाबारे छलफल गर्न र सुधारका लागि ठोस योजना वनाउन सदरमुकाममा प्रअको भेला गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । भेलामा प्रधानाध्यापकले आआफ्नो विद्यालयमा भएका समस्या भौतिक अवस्था, शैक्षिक अवस्था, छात्रवृती वितरण, खानेपानी, शौचालय आदीको विषयमा कुरा उठाएका छन् । प्रअहरुले विद्यालयमा दरवन्दीको अभावका कारण शैक्षिक अवस्था सुधार्न मुस्किल भएको वताएका छन् । विद्यालयमा खानेपानीको समस्या कारण पढाई प्रभावित भएको समेत उनीहरुले वताएका छन् । जाजरकोटलाई फागुन २८ गते साक्षर जिल्ला घोषण गर्ने कार्यक्रम रहेको छ । यहाँका सवै स्थानियहरु साक्षर भएको भन्दै साक्षर घोषणा गर्न लागीएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण