अस्थिर राजनीतिले देश अघि बढ्दैनः महामन्त्री कोइराला
काठमाडौँ– नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले अस्थिर राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।
महाराजगञ्जस्थित निवासमा आज बिहान नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को बधाई तथा शुभकामना ग्रहण गर्दै उहाँले अस्थिरताको राजनीति रहिरहे राष्ट्रनै सङ्कटमा पर्ने खतरा औँल्याए ।
“अस्थिरताको राजनीति हामी कसैले गर्नु हुँदैन । गाउँ नगरको विकासका लागि स्थिरता चाहिन्छ । जबसम्म राजनीतिक र सामाजिक स्थिरता आउन सक्दैन तबसम्म मुलुकको विकास हुँदैन, त्यसैले मुलुकको सम्बृद्धिमा युवापुस्तालाई समाहित गरिनुपर्छ,”–महामन्त्री कोइरालाले भने।
उनले राजनीतिक र सामाजिक परिवर्तनका लागि कटिबद्ध नेविसङ्घले शैक्षिक मुद्दालाई अघि बढाएर युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री कोइरालाले पार्टीको जुझारु सङ्गठन नेविसङ्घको महाधिवेशन लामो समयसम्म नहुनु दुर्भाग्य हो भन्दै काँग्रेस केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डाको रुपमा महाधिवेशन प्रक्रियालाई प्राथमिकता दिइने प्रष्ट पनरे ।
नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन हुननसक्दा नेतृत्व विकास र शैक्षिक आन्दोलन कमजोर बनेको बताउँदै स्ववियु निर्वाचन र नेविसङ्घको निर्वाचनको पहलकदमी गरिदिन महामन्त्री समक्ष आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण