शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने : प्रधानमन्त्री ओली

बिहीबार, २७ फागुन २०७२, १४ : ३०
बिहीबार, २७ फागुन २०७२

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब तीव्र रुपमा विकास निर्माणका कामलाई अघि बढाउने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको पहलमा बिर्तामोड–१ मा निर्मित रक्तसञ्चार सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सरकार अब तीव्र गतिमा विकास निर्माणको कार्यमा अग्रसर हुन्छ भने । विकाससँगै मुलुकमा भ्रष्टाचार निर्मूल र स्वच्छताको बाटोमा सरकार अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

धन कमाउनु, भ्रष्टाचार तथा कमिसन कुनै पनि आफ्नो रुचिको विषय नभएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका प्रधानमन्त्रीभन्दा मुलुकका लागि उत्कृष्ट काम गरेर देखाउने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप