काँग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन्छः सभापति देउवा
काठमाडौँ– नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई पार्टीले पूरा गर्ने बताएका छन् ।
बूढानिलकण्ठस्थित आफ्नै निवासमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को बधाई तथा शुभकामना ग्रहण गर्दै उहाँले संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले त्यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले मुलुकमा विद्यमान प्रदेश सीमाङ्कनलगायतका मधेसवादी दलका मुद्दालाई समाधान गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे । पार्टीको भ्रातृ सङ्गठन नेविसङ्घको लामो समयदेखि अधिवेशन हुन नसक्दा युवाको नेतृत्व विकास र शैक्षिक मुद्दा प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै उनले केन्द्रीय समितिले पूर्णता पाएलगत्तै नेविसङ्घलगायतका सबै भ्रातृ सङ्गठनको अधिवेशन गराउन पहल गर्ने बताए ।
सभापति देउवाले भने– “सङ्गठनलाई सक्रिय बनाई पार्टीलाई गतिशील र जीवन्त तुल्याउन नेविसङ्घलगायतका संस्थाको महाधिवेशन चाँडो हुनुपर्छ, त्यसमा मैले व्यक्तिगत रुपमा भन्नुभन्दा पनि केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डा भ्रातृ संस्थाको महाधिवेशनतर्फ केन्द्रित हुन्छ ।”
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसङ्घको निर्वाचन नहुँदा सङ्गठन गतिशील बन्न नसकेको र नेतृत्व विकासमा ह्रास आएको भन्दै चाँडो निर्वाचनको प्रक्रिया अघि बढाउन पहल गर्न सभापति देउवासमक्ष आग्रह गरे ।
उनले विश्वविद्यालयमा पनि लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएकाले विद्यार्थी नेतृत्व र शैक्षिक मुद्दा अवरुद्ध भएको भन्दै तत्काल स्ववियु निर्वाचन गर्नका लागि पहल गरिदिन आग्रह गरे ।
सभापति देउवालाई बधाई दिन नेविसङ्घका अध्यक्ष रञ्जित कर्ण र अन्य पदाधिकारी तथा सदस्यसहितको टोली देउवा निवास बूढानिलकण्ठ पुगेको हो । काँग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवालाई बधाई तथा शुभकामना दिन नेता कार्यकर्ता तथा शुभेच्छुकको देउवा निवासमा बिहानैदेखि भीड लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण