शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

साग विजेता देबीलाई गृह जिल्लामा सम्मान

बिहीबार, २७ फागुन २०७२, १५ : ४५
बिहीबार, २७ फागुन २०७२

राजविराज– भारतको गुहाटी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन महिलातर्फ काँस्य पदक प्राप्त गरेकी देवी चौधरीलाई विहिवार गृह जिल्ला सप्तरीमा सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समिति सप्तरीको कक्षमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको  आयोजना गरी काँस्य पदक विजेता चौधरीलाई सम्मान गरेको हो । चौधरीसँगै भारोत्तोलनका प्रशिक्षकद्वय दिनेश भुजेल, पुन्तीलाल यादव र सार्क खेलमा कुस्तीतर्फ सहभागी महिला खेलाडी शान्ति चौधरीलाई पनि सम्मान गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ३ निवासी ३६ वर्षिया देवी चौधरी १२ औं दक्षिण ऐशियाली खेलकुदमा भारोत्तोलनतर्पm ५३ केजी तौल समूहमा सहभागी भई काँस्य पदक हात पारेकी थिइन् ।

उनीसँगै उनका स्थानीय प्रशिक्षक दिनेश भुजेल, पुन्तीलाल यादव र कुस्ती खेलाडी शान्ति चौधरीलाई माला, अविर लगाई सम्मानका लागि भ्यानमा राखेर नगरको विभिन्न भागको परिव्रmमा गराईएको थियो ।

भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित “सम्मान तथा पुरस्कार वितरण समारोह” मा प्रमुख अतिथि युनिक कलेज अफ मेडिकल साइन्स हस्पिटलका अध्यक्ष जय प्रकाश ठाकुर, भारोत्तोलन संघका सल्लाहकार सुर्यनाथ यादव “सुभाष”, बाबा युथ सेवा सेन्टर शम्भुनाथका अध्यक्ष चन्द्र नारायण चौधरी, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, नेकपा माओवादीका जयप्रकाश यादव, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शम्भु यादव, उपाध्यक्ष धीरेन्द्र वर्मा, कार्यालय प्रमुख लक्ष्मण मण्डल, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, पत्रकार मनोहर पोखरेल लगायतले विजेता खेलाडी, प्रशिक्षक र सार्कमा सहभागी खेलाडीलाई नगद, कदर पत्र र दोसल्ला सहित सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप