शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उपराष्ट्रपतिसाग पाकिस्तानी र बंगलादेशी राजदुतको भेट

बिहीबार, २७ फागुन २०७२, १५ : ५४
बिहीबार, २७ फागुन २०७२
काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी र बंगलादेशी राजदुतले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति कार्यालय बहादुरभवन पुगेर पाकिस्तानी राजदुत मजहर जाभेद र बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले उपराष्ट्रपति पासाङसँग छुट्टा–छुट्टै शिष्टाचार भेट गरेका हुन् । पाकिस्तानी राजदुत जाभेदसँगको भेटमा उपराष्ट्रपति पासाङले पाकिस्तान र नेपालको सम्बन्ध धेरै पुरानो रहेको बताउादै दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए । उनले गत वैशाखमा गएको विनाशकारी भूकम्पमा राहत तथा उद्दार र पुन:निर्माणका लागि पाकिस्तानले ठूलो सहयोग गरेको बताउादै धन्यवाद दिए । नयाँ संविधानको स्वागत गरेकोमासमेत उपराष्ट्रपतिले पाकिस्तानलाई धन्यवाद दिए । पाकिस्तानी राजदुतसँगको भेटमा उपराष्ट्रपतिले केही वर्षदेखि रोकिएको काठमाडौं–कराची हवाई उडान सुचारु गर्न आग्रह गरे । काठमाडौं–कराची हवाई उडान हुँदा रोजगारीका लागि खादीमुलक जाने नेपालीहरुलाई ठूलो लाभ हुने बताए । भेटमा पाकिस्तानी राजदुत जाभेदले नेपाल र पाकिस्तानको सम्बन्ध धेरै पुरानो भएको बताउादै आफ्नो कार्यकालमा थप सुदध् गर्ने बताए । उनले काठमाडौं–कराची हवाई उडानका लागि आजै (बिहीबार)नै पाकिस्तान सरकारसँग कुरा गर्ने बताए । सन् २०१३ मा विश्वभरी नै उडान कटौती गर्दा काठमाडौं–कराची उडान पनि कटौती भएको जानकारी गराउादै राजदुत जाभेदले अहिले अवस्था सहज भएकाले उडान सुचारु गर्न सकिने बताए । बंगलादेशी राजदुत साम्ससँगको भेटमा उपराष्ट्रपति पासाङले नेपाल र बंगलादेशको सम्बन्ध बंगलादेशको स्वतन्त्रता संग्रामअघि देखिकै भएको बताए । भेटमा बंगलादेशी राजदुत साम्सले नेपाल बंगलादेशको सम्बन्ध धेरै पुरानो भएको बताए । तयारी पोषाक उत्पादनमा बंगलादेश चीनपछि दोस्रो मुलुक भएको बताउादै उनले बंगलादेशीहरुले नेपालमा लगानी गर्न चाहिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप