हाम्रो पात्रोको पत्रपत्रिका तथा म्यागजिनसम्बद्व नयाँ एप्स सार्वजनिक
बिहीबार, २७ फागुन २०७२, १६ : १४
काठमाडौं– चर्चित मोबाइल एप्लिकेसन हाम्रो पात्रोको दैनिक पत्र पत्रिका तथा म्यागेजिन सम्बद्ध नयाँ मोबाइल एप्स सार्वजनिक भएको छ । प्रयोगकर्ताहरूका लागि नेपाली मिडियाहरूसंगको सहकार्यमा एन्ड्रोइड तथा आईओएस प्लेटफर्म मार्फत् एप्स सार्वजनिक गरिएको हो । ‘हाम्रो न्युज एण्ड म्यागजिन’ नाम दिइएका उक्त एप्स देश विदेशमा रहेका सूचना पारखि नेपालीहरूका लागि उपयोगी हुने हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतिले जानकारी दिए ।
उनले एप्सलाई भविष्यमा प्रयोगकर्ताहरूबाट आउने प्रतिक्रियाका आधारमाअझ पूर्ण, सशक्त तथा प्रभावकारी सूचनाको श्रोतको रूपमा परिमार्जन गर्दै लगिने समेत जानकारी दिए ।
"Hamro News & Magazine" विशेषताः 01) नेपालका राष्ट्रिय दैनिक तथा मासिक पत्र-पत्रिका सजिलै पढन सकिने(अन्नपूर्णा पोष्ट, आर्थिक अभियान, राजधानि दैनिक, नेपालीपत्र, Nepali Times, हिमाल खबर पत्रिका, स्वास्थ खबर पत्रिका, Living with ICT, हट नेपाल, Business Age) 02) हरेक नयाँ अंकको नोटिफिकेशन प्राप्त हुने 03) न्यून इन्टरनेटमा डिजिटल एडिसन पढ्न सकिने(न्यून इन्टरनेटमा PDF लोड हुन अत्यधिक समय लाग्ने हुँदा सम्बन्धित पेजको TT भन्ने बटनमा थिचेर अक्षर मात्र पढ्न सकिने)खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण