प्रहरीद्वारा हवाइफायर र अश्रुग्यास प्रहार, ९ जना पक्राउ
सल्यान–एक महिलाको मृत्युका विषयमा भएको विवाद पछि मृतकका माइतीपक्षले इलाका प्रहरी कार्यालय लुहाममा तोडफोड गरेपछि प्रहरीले हवाइफायर तथा अश्रु ग्याँस प्रहार गरेको छ । गाउँनै उल्टेर आएका मृतकका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार तथा आक्रमण गरेपछि प्रहरीले ३ राउन्ड अश्रु ग्याँस र २ राउन्ड हवाइ फायर गरेको हो । आन्दोलनकारीले प्रहार गरेको ढुंंगा प्रहारबाट प्रहरी जवान खड्क सुनार र दीपेन्द्र श्रेष्ठ घाइते भएका छन् ।
आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी भवनका सिसा समेत फुटेको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख सुरेन्द्र गौतमले जानकारी दिए । आक्रमणमा संलग्नरहेको आरोप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणमा सलंग्न भएको भन्दै प्रहरीले झिम्पे निवासी ज्ञान बहादुर विक, त्रिवेणी ७ का लाल बहादुर नेपाली, त्रिवेणी ७ का १७ वर्षिय विनोद विक, ७ कै ३० वर्षिय तुत्सी विक, ७ की २५ वर्षिया गौरी रेउले, सात कै पवित्रा विक , शोही ठाउँकै २६ वर्षिय शोभा शर्मा डाँगी , त्रिवेणी ४ की ५२ वषिर्या शुसिला विक र दमाचौर ७ की हिमा विकलाई नियन्त्रणमा लिएको हो ।
यहि फागुन २३ गते राती आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी त्रिवेणी गाउँ विकास समिति वडा न ७ पोखरीकी २५ वर्षिया निर्मला विकको हत्या भएको मृतकका आफन्तको दाबी छ । सोहि दाबी अनुसार आफन्तले बुधबार ४ जनामाथि किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी अनुसार आरोपितहरुलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको भएपनि आफन्तले आरोपितलाई जवर्रजस्ती कबुल गराउनु पर्ने भन्दै प्रहरीमा पुगेको गौतमले दाबी गरे । तर, त्यसो गर्न नसकिने भन्दै प्रहरीले जवाफ दिएपछि मृतकका आफन्त आक्रोसित हुँदै चौकी घेराउमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण