ठूलो खर्चबाट जोगिन बेलैमा मिर्गौला परीक्षण गर्न सवैलाई आग्रह
काठमाडौँ – राष्ट्रिय मिर्र्गौला उपचार केन्द्रले ठूलो धनराशि खर्च भएर पनि अशक्त जीवन व्यतित गर्नुपर्ने बाध्यताबाट जोगिन बर्सेनि मिर्गौलाको परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
हरेक वर्ष रु १०० खर्च गरेर पिसाब र रगतको परीक्षण गरेमा मिर्गौला रोगबाट जोगिन सकिन्छ । केन्द्रका प्रमुख सम्पर्क अधिकृत विमल न्यौपानेले रोगीले पाँचवटा चरणसम्म मिर्गौलाको परीक्षण नगराई हेलचेक्र्याइँ गरेको अवस्थामा मात्र मिर्गौला फेल हुने जानकारी दिए ।
उनले थपे–“हरेक व्यक्तिले वर्षमा एकपटक पिसाबमा प्रोटिनको मात्रा तथा रगतमा क्रेटी–९ नामक तत्वको परीक्षण गर्नुृपर्छ । रु सय तिरेपछि हरेक अस्पताल तथा क्लिनिकमा यो परीक्षण गर्न सकिन्छ । रक्तचाप तथा मधुमेह भएका मानिसमा मिर्गौला फेल हुने वा हृदयाघात हुने सम्भावना बढी हुने भएकाले बिरामी सचेत हुनुपर्ने उनको भनाइ थियो ।
हाल सिद्धार्थ वनस्थलीस्थित केन्द्रको मुख्य भवनमा ६००, तनहुँमा ३५, चितवनमा १५ र विराटनगरमा १२ जना बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । चितवनमा सोलारबाट डायलाइसिस गर्ने एसियाकै नमुना स्वास्थ्य केन्द्र रहेको छ । २०५२ सालमा स्थापित केन्द्रले सरकारको सहयोगमा मिर्गौलाबाट पीडित विपन्न वर्गका नागरिकलाई दुई वर्षसम्मका लागि डायलाइसिस गर्न प्रत्येक पटकका लागि रु दुई हजार ५०० का दरले रु पाँच लाख २० हजारको सेवा उपलब्ध गराउने गर्दै आएको छ ।
त्यस्तै, उमेरले ७५ वर्ष नाघेका ज्येष्ठ नागरिक, एचआइभी पोजिटिभ भएका बिरामी र हेपाटाइटिस–बी र सीका बिरामीलाई निःशुल्क डायलाइसिसको सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रमुख सम्पर्क अधिकृत न्यौपानेले वर्षमा लगभग ३०० बिरामी आउने सो केन्द्रमा वार्षिक ५० हजार सेसन डायलाइसिस हुने जानकारी पनि दिनुभयो । मिर्गौला बिग्रेपछि मानिसले खाएको खाना र पानी बाहिर फाल्न सक्दैन र शरीरभित्र जम्मा भएर बसेका ती पदार्थलाई डायलाइसिसको माध्यमबाट फाल्न बिरामीले प्रत्येक हप्ता दुईपटक डायलाइसिस गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण