शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एसएलसी परीक्षा सम्पन्न, परीक्षाफल असार दोश्रो साता

सोमबार, २९ चैत २०७२, २१ : ५३
सोमबार, २९ चैत २०७२

भक्तपुर- यही चैत १८ गतेदेखि देशभर एकैसाथ सुरु भएको यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षा आज सम्पन्न भएको छ । छिटफुट घट्ना बाहेक परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए  । देशभर १ हजार ४४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फको प्रयोगात्मक परीक्षा आज सम्पन्न भएको हो भने त्यस बाहेकका परीक्षा गत शुक्रबार सम्पन्न भएका थिए । परीक्षा अवधीभर अनियमितता गर्ने ३२८ जना परीक्षार्थीलाई परीक्षाबाट निष्कासन गरिएको, ३७ जना निरीक्षक र ३० जना सहायक कर्मचारीसहित अन्य व्यक्ति गरी ३९५ जनालाई कारबाही गरेको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए  । परीक्षा नियन्त्रक काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम गर्ने बताए  । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप