एमाले बैठक : गुटबन्दी अन्त्य गर्न सुझाव
सोमबार, २९ चैत २०७२, २१ : ५९
काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय छैटौँ बैठकमा आज विभिन्न आठ समूहका टोली नेताले प्रस्तुती गरेका छन् ।
यही चैत २७ गतेदेखि सुरू भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको १२ पृष्ठे राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न १० समूह विभाजन गरिएको थियो । समूहका नेताले सुझाव प्रस्तुत गर्दै पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने, गुटबन्दी अन्त्य हुनुपर्ने, राष्ट्रिय विकासका कार्यक्रममा सरकार क्रियाशील हुनुपर्ने धारणा आएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
दुई समूहको प्रतिवेदन प्रस्तुती सकिएर अध्यक्षले जवाफ दिएपछि सो प्रतिवेदन पारित गरी केन्द्रीय निकायका प्रतिवेदन पेस गरिने पोलिटब्युरो सदस्य भानुभक्त ढकालले बताए। एमालेको अर्को बैठक २०७३ वैशाख १ गते २ बजे बस्नेछ ।
टोली नेताहरूमा कर्णबहादुर थापा, सीता गिरी ओली, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टङ्क कार्की, ठाकुर गैरे, राजेन्द्र राई, गणेश पहाडी, शेरबहादुर तामाङ र केदार न्यौपाने रहेका छन् ।
बैठकका लागि स्थायी कमिटीका निर्णयहरू अनुमोदन, पार्टी विभागहरूमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अड्काउ फुकाउ, केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावलगायत कार्यसूची छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण