गडजिल्ला ! : चर्चामा मानव आकारको इग्वाना
मङ्गलबार, ३० चैत २०७२, ११ : २३
काठमाडौं – ६ फुट लामो इग्वाना प्रशान्त महासागरमा भेटिएको छ । ‘गडजिल्ला’ नाम दिइएको यस सरसृप छेपारोको प्रजाति अन्तरगत पर्दछ । तर, यसको आकार भने अन्यको तुलनामा निकै ठूलो रहेको छ । समुद्रमा पौडी खेलिरहेको यस प्राणीको भिडियो यतिबेला निकै चर्चामा रहेको छ । गालापागोस टापुमा रहेको इसाबेलाको तटिय क्षेत्रमा स्टिभ विंकवर्थले उक्त भिडियो खिचेका हुन् । भिडियोमा यस भिमकाय प्राणीले आहारा खोजिरहेको देख्न सकिन्छ । रेडिटमा यो भिडियो पोष्ट भएपछि उसले विश्वव्यापी रुपमा निकै चर्चा पाइरहेको छ । ‘पानीमा सानो गडजिल्ला’ शीर्षकमा उनले उक्त भिडियो पोष्ट गरेका थिए । पानीमा बस्ने मरिन इग्वाना शाकाहारी हुन्छन् । उनीहरु समुद्रमा ९ मिटर गहिराईसम्म डुबुल्किी लगाउन सक्छन् ।
https://www.youtube.com/watch?v=I-1lP7Tjqtoखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण