शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ वर्षमा प्रभुको अफर : ग्राहकलाई नेपाल टेलिकमको सीम सित्तैमा

मङ्गलबार, ३० चैत २०७२, १४ : १८
मङ्गलबार, ३० चैत २०७२

काठमाडौं – नयाँ वर्षको अवसर पारेर प्रभु मनी ट्रान्सफरले आफ्ना ग्राहकका लागि विशेष योजना ल्याएकोछ । जसअन्तर्गत प्रभु मनी ट्रान्सफरबाट पैसा पठाउने ग्राहकले नेपाल टेलिकमको सिम सित्तैमा प्राप्त गर्न सक्नेछन् । नेपाल टेलिकमसंगको सहकार्यमा प्रभु मनि ट्रान्स्फरमार्फत विदेशवाट नेपालमा पठाएको पैसा भुक्तानी लिदा पैसा लिने आफन्त जनलाई रु ५०/- टक टाईम भएको नेपाल टेलिकममको थ्रिजी सिम÷रिम कार्ड निःशुल्क वितरण गर्ने योजना ल्याएको कम्पनिले जनाएको छ । योजना आगामी बैशाख १ गतेवाट सुरु भई सिमकार्डको मौजदात रहेसम्मका लागि कायम रहने छ । पूर्वाअञ्चल, मध्य पश्चिमाअञ्चल, र सुदुर पश्चिमाअञ्चलमा सिमकार्ड वितरण कार्यको सवै तयारी पुरा भई सकेको छ भने बाँकी अन्य क्षेत्रहरुमा पनि आगामी साताभित्र वितरणको तयारी गरिसक्ने योजना रहेको छ । सिमकार्ड वितरण तथा एक्टीभेसन को लागी नेपाल अधीराज्य भरका प्रभु मनि ट्रान्स्फर सगँ आवद्ध रहेका भुक्तानी सव–एजेन्ट तथा सहकारी संस्था (बैंक तथा वित्तिय संस्था वाहेकका) मार्फत गराइने कम्पनिले जनाएको छ । बैंक तथा वित्तिय संस्था मार्फत भुक्तानी लिएकाले सोही नम्बरवाट अन्य कुनै सव–एजेन्टको काउन्टरमा गएर आवेदन गरेमा सिमकार्ड लिन सकिने व्यवस्था गरिएको छ । सिमकार्ड लिनको लागि विदेशवाट आफन्तले उपलब्ध गरेको पैसा भुक्तानी लिने कोड नं.को साथमा ग्राहक आवेदन फारम, एक प्रति फोटो र परिचय पत्र अनिवार्य हुने छ । पैसा लिने व्यक्तिको नाम बाहेक अन्य व्यक्तीको नाममा सिमकार्ड दर्ता गरिने छैन । योजना अवधि भरमा करिव ३००,००० सिम रिम कार्ड वितरण गर्ने लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप