शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियाबाट २१ नेपाली नेपाल फर्किए

मङ्गलबार, ३० चैत २०७२, १४ : ४४
मङ्गलबार, ३० चैत २०७२

क्वालालम्पुर–अवैधानिक रुपमा काम गरि रहँदा पक्राउ परि जेल सजाय काटिसकेर घर फिर्ति केन्द्रमा रहेका २१ नेपालीहरु नेपाल फर्केका छन् । नेपाल सरकार र वैदेशिक रोजगार प्रबद्र्वन बोर्डको सहयोगमा हवाई टिकट उपलब्ध गराई नेपाली राजदूतावासको पहलमा उनीहरु मंगलबार एअर एसियाबाट नेपाल फर्केका हुन् ।

नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै टिकट अभावमा उनीहरु लामो समय सम्म घर फिर्ति केन्द्रमा रहेको जनाएको छ । उनीहरु सेपाङमा रहेको केयलआईए सेलेङगार डिपोमा रहेका र १० दिन अघि दूतावास गई उद्धारको पहल गरि नेपाल फर्काइएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप