खोटाङका विष्णु राना साउदीमा बेपत्ता
साउदी अरब–वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपाली युवक साउदी अरबमा बेपत्ता भएका छन् ।
तीन वर्ष अघि साउदी अरब आएका खोटाङ, मङ्गलटार–४ भदौरेका ३५ वर्षीय विष्णुबहादुर राना बेपत्ता भएका हुन् ।
काठमाडौंमा रहेको राज ओभरसिज म्यानपावर कम्पनी मार्फत साउदी आएका राना जुबेलस्थित नेस्मा होल्डिङ कम्पनीमा कार्यरत थिए ।
साउदी आएको छ–सात महिनासम्म घरपरिवारसँग सम्पर्कमा रहेपनि त्यसपछि भने उनी सम्पर्कविहीन बनेको साउदीमा रहेका उनका आफन्त राम थापाले बताए ।
राना कार्यरत कम्पनीमा सम्पर्क गर्दा कम्पनीले त्यहाँ नरहेको जनाएको थापाले बताए । उनी बेपत्ता भएको विषयमा जानकारी गराउन रियादस्थित नेपाली दूतावासको टेलिफोन नम्बर ०११४६१११०८ मा पटक÷पटक सम्पर्क गर्ने प्रयास गरेपनि टेलिफोन नउठ्दा जानकारी गराउन नसकिएको थापाले गुनासो गरे । लामो समयदेखि सम्पर्कमा नआएपछि आफन्तजनको सहयोगमा उनको खोजीकार्य गरिएको भए पनि भेट्न नसकिएको रानाका साला सुभाष थापा मगरले काठमाडौँबाट टेलिफोनमा बताए ।
थापाका अनुसार राना विगत दुईवर्ष ६ महिनादेखि घरपरिवार तथा आफन्तजनसँग सम्पर्कमा छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण