शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको तयारी : उद्योगमन्त्री पाण्डेय

मङ्गलबार, ३० चैत २०७२, १५ : ४४
मङ्गलबार, ३० चैत २०७२

काठमाडौँ–उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको तयारी गरिसकेको बताएका छन् ।

युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित ‘समृद्ध नेपाल निर्माणमा युवा र सञ्चारको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पाण्डेयले अब मुलुक आर्थिक क्रान्तिमा प्रवेश गरिसकेको बताउँदै सङ्घियता कार्यान्वयनसँगै सबै प्रदेशमा छुट्टाछुट्टै औद्योगिक क्षेत्रको खाका तयार भइसकेको बताए ।

“युवालाई विदेशिनबाट रोक्न सरकारले सातै प्रदेशमा युवामैत्री रोजगारी सिर्जना गर्नेछ” उनले भने ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारले दिने सहि सूचनाले मुलुक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबै सञ्चारकर्मीलाई जिम्मेवार र उत्तरदायी ढङ्गले आफ्नो भूमिकालाई मनन् गर्न आग्रह गरे ।

नेकपा ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सञ्चारमाध्यमको कामप्रति असन्तुष्टि व्यक्त गर्दै ठूला सञ्चारगृहले नै राजनीतिक द्वन्द्वलाई बढावा दिइरहेको आरोप लगाए । सङ्घका अध्यक्ष राजीव पहारीले सञ्चार माध्यमबाट युवाले सहि सूचना प्राप्त गर्ने अधिकार रहेको बताउँदै त्यही सूचनाको बलमा युवाले देश निर्माणमा आफूलाई क्रियाशील बनाउने भएकाले आमसञ्चारको भूमिका महत्वपूर्ण हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप