शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ढोरपाटनमा नाउरको गणना गरिने

मङ्गलबार, ३० चैत २०७२, १५ : ५३
मङ्गलबार, ३० चैत २०७२

बागलुङ– ढोरपाटन सिकार आरक्षमा यो वर्ष नाउरको सङ्ख्या गणना गरिने भएको छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षभित्र रहेका नाउरको गणना आगामी जेठभित्र हुनेछ । कार्यालयले प्रत्येक पाँच वर्षको अन्तरालमा नाउरको सङ्ख्या गणना गर्ने गरेको छ । स्थानीय जनताको सहयोगमा कार्यालयका कर्मचारी खटाएर नाउरको गणना गरिने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउ । ‘यो वर्ष नाउर गणना नगरे अर्को वर्षदेखि सिकारका लागि अनुमति रोकिन्छ, जेठभित्र जसरी पनि गणना गर्नुपर्ने अवस्था छ’ – अधिकृत बरालले भने । पाँच वर्ष अघि गरिएको गणनामा एक हजार १५५ नाउर भेटिएका थिए । दश वर्षअघिको गणनामा ७ सय ५५ नाउर फेला परेको कार्यालयको आँकडामा छ ।

आरक्षका ‘सिनियर गेम स्काउट’ तुलसीराम सुवेदीले ढोरपाटनमा नाउरको सङ्ख्या बढ्दै गएको बताए । हिउँ पर्ने याम र वर्षामा गणना गर्न नसकिने हुँदा जेठभित्रै जसरी पनि गणना गरिसक्नुपर्ने उनको भनाइ छ । गणनापछि भेटिएका नाउरको सङ्ख्याका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ ।

कार्यालयदेखि पाँच/सात दिनमा पुगिने ठाउँसम्म आरक्ष क्षेत्र फैलिएको गणना कार्य कठिन छ । आरक्षमा वर्षेनी २६ नाउरको सिकार खुल्ला गर्ने गरिएको छ । असोज–मङ्सीरको पहिलो याममा १३ र फागुन–वैशाखको दोस्रो याममा १३ नाउरको सिकार ‘कोटा’ छुट्टाउने गरिएको छ । नाउरसँगै दुवै याममा ६/६ गरी १२ झारलको सिकार अनुमति दिइने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप