शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इटहरीबाट कागती रोप्ने अभियान शुरु

मङ्गलबार, ३० चैत २०७२, १६ : १७
मङ्गलबार, ३० चैत २०७२

इटहरी – कृषिलाई आधुनिक प्रबिधिबाट घर घरमा पनि उब्जनी गर्न सकिन्छ भन्ने उदेश्यका साथ इटहरीबाट घर घरमा कागतीको बोट रोर्पा अभियान शुरु भएको छ । कागतीलाई आधुनिक प्रबिधिबाट घर तथा करेसा बारीमा रोप्न सकिन्छ भन्ने हेतुले सगुन कृषि सहकारी संस्था इटहरीले अभियान शुरु गरेको हो ।

सहकारी संस्था स्थापनाको पाँचौ बर्ष पुगेको उपलक्ष्यमा अब हरेक घरमा कागतीको बोट रोपौ भन्ने अभियानको थालनी गरिएको छ । पाँच बर्षभित्रमा सुनसरी जिल्लाका ५० हजार घरमा कागतीको विरुवा रोपिसक्ने अभियानलाई परिणामुखी बनाउने अभियान अन्तर्गत अभियान थालिएको संस्थाका अध्यक्ष टीकादत्त वनले जानकारी दिए । सो अभियानका क्रममा मंगलबार इटहरी उपमहानगरपािलका २४ स्थित तरहराको किरात राई यायोक्खाको भवनमा दुई वटा कागतीको विरुवा रोपेर अभियानको थालनी गरिएको हो ।

राष्ट्रिय सहकारी सङ्घ लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ र सगुन कृषि सहकारीका अध्यक्ष टीकादत्त बनले कागतीको विरुवा रोपेर अभियानको उदघाटन गर्नुभएको थियो । सोही क्रममा सहकारीको पाँचौ स्थापना समारोह मनाउने क्रममा आमन्त्रित सवै अतिथिहरुलाई पनि उपहारका रुपमा एक एक थान कागतीका विरुवा घरमा रोप्न प्रदान गरिएको थियो ।

सगुन कृषि सहकारीले सुनसरी जिल्लाको कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गराउने कार्य अन्तर्गत धान हार्बेष्टिङ गर्ने मेशिन प्रयोगमा ल्याई सकेको छ । अन्य आधुनिक कृषि उपकरणहरु पनि विस्तारै ल्याउने योजना अनुसार सहकारीले जिल्लाको इटहरी इनरुवा झुम्का र तरहरामा कृषि सेवा केन्द्र पनि स्थापना गरिसकेको छ ।

जिल्लाका एक हजार किसानहरु शेयर सदस्य रहेको सहकारीले भोलीका दिनमा अझै आधुनिक कृषि उत्पादन एवम कृषि शिक्षाको अभियान चलाउदै जाने योजना रहेको सहकारीका अध्यक्ष वनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप