शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता हुन्नथ्यो : अध्यक्ष प्रचण्ड

बुधबार, ०१ वैशाख २०७३, ११ : ४१
बुधबार, ०१ वैशाख २०७३

काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल तथा राज्यद्वारा बेपत्ता योद्धा परिवार नेपालको संयुक्त प्रशिक्षण–भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी कमजोर भएका भए हामी सबैलाई त्यतिखेरै टाउका काटेर सिद्धाउन खोजिएको थियो । तपाईहरु–हामी सबैलाई अपराधी आतंककारी भन्दै मार्न खोजिएको थियो । कसैलाई बाँकी राखेका होइनन् नि । पक्रिदै मार्दै बलात्कार गर्दै विभत्स घटनाहरु भएका छन् । उनीहरुले चाहेको र सकेको भए हामी सबै आतंककारी हौं ।

उनीहरुलाई राज्यको टाउको काटेर ल्याउने अधिकार थियो । अन्तराष्ट्रियले पनि अझै धेरै मार भनेर उनीहरुलाई हतियार दिएको थियो । हामीले पनि त्यतिखेर लडेको लड्यै यस्तो ठाउँमा पु¥याइयौं कि हाम्रा जनता, जनसेना, हतियारका कारणले हामीलाई जित्न उनीहरुले पनि नसक्ने हामीलाई पनि तुरुन्तै सिद्धाउन सक्छौं भन्ने लागेन ।

त्यो भएकाले सम्झौता भएको हो । हामीले हारेको भए हामीले माओवादी भन्न पनि पाउने थिएनौं । यो संझौता भएकाले उनीहरुले चाहे जस्तो पनि भएको छैन हामीले चाहे जस्तो पनि भएको छैन । अझै पनि हामी कमजोर भए हामी कसैलाई पनि राख्दैनन् ।

त्यसैले हामी सबै माओवादी एकतावद्ध हुनुपर्छ भनेर लागेका छौं । माओवादीहरु ज्ति सबैलाई एकतावद्ध बनाउने एउटा मिसन अगाडि बढी रहेको छ । अब छिट्टै ५÷७ वटा समुह एकतावद्ध हुन्छन् भन्ने लागेको छ । विरोधीहरु सबै माओवादीलाई एकतावद्ध नहुनदिन न्वारानदेखिको बल लगाएर लागेका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप