शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सप्तरीको दौरीभर्वामा आगलागी, १४ वटा घर जलेर नष्ट

बुधबार, ०१ वैशाख २०७३, १२ : १८
बुधबार, ०१ वैशाख २०७३
राजविराज - सप्तरीको दौरीभर्वा गाविसमा आज बिहान आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको छ । जिल्लाको दौरीभर्वा–६ निवासी सोफी मण्डलको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजलगायत ६ परिवारको १४ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा परी दुई वटा बाख्रासमेत मरेको बताइएको छ । आगलागीबाट आद्यान्न, लत्ताकपडा, भाडावर्तन घरमा रहेको नगद जिन्सी गरी रु २५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप