शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ बर्षलाई यसरी स्वागत गर्यो भैरहवाले (फोटो फिचर)

बुधबार, ०१ वैशाख २०७३, १३ : ०७
बुधबार, ०१ वैशाख २०७३

भैरहवा - दुःखै दुःखले भरिएको २०७२ साललाई बिदा गरी नयाँ आशा र उत्साहका साथ नव बर्षलाई स्वागत गर्न आतुर देखिएका थिए, भैरहवावासी । नयाँ बर्षको पर्खामा रहेको भैरहवावासीलाई बुटवल–बेलहिया ६ लेनको फराकिलो बाटो पनि अपुग देखिएको थियो । जता हेर्यो भीडै भीड, प्रहरी तथा आयोजक मिलेर भिडलाई ब्यावस्थापन गर्न हम्मे हम्मे परेको थियो । नयाँ  बर्षको पूर्व सन्ध्यामा भैरहवामा सिद्धार्थ उद्योग बाणिज्य संघले आयोजना गरेको सिद्धार्थ खाना महोत्सवको शुरुमै स्थानीय ठेला ब्यापारीहरुको ठेलामा खाना खानेको उस्तै घुईचो, त्यस भन्दा अगाडी सर्दै जादा फरक, फरक होटलका फरक परिकारले स्वादले समेत भैरहवावासीको मन लोभ्याएको थियो ।

मःमः, चाउमिन, आईक्रिम देखि लिएर अष्ट्रिचका समेत थरि थरिका परिकारले भैरहवाको बाटो सजिएको थियो । बच्चा, युवा देखी वृद्ध अवश्थाका समेत स्वादका पारखीहरु एक साथ भैरहवामा सडकमै खाना खान ओइरिएका थिए ।

यति मात्र हैन सडकमै ख्याति प्राप्त हास्य कलाकार मनोज गजुरेल, गायीका मनिषा पोखरेल, डिजे तमा, बि बोईङ्ग, स्थानिय लोक संस्कृति बिरहा तथा बिभिन्न सांस्कृतिक कार्यक्रमबाट पनि भैरहवा उत्सवमय भएको थियो । राष्ट्रियताले ओतप्रोत भएको राष्ट्रिय गीत देखी लिएर युवा युवतीलाई तताउने डिजे र गीतले भैरहवाले बर्ष दिनको दुःख बिसाएको झैँ लाग्थ्यो ।

महोत्सवमै भेटिएका थम गुरुङ्गले भैरहवामा भएको महोत्सवले २०७२ को दुःखमा मलहम लगाउने काम गरेको टिप्पणी गरे । भूकम्प, आन्दोलनका कारण थकित देखिएका भैरहवावासीलाई बर्षको यो अन्तिम दिनले केही हदसम्म राहत दिएको उनको भनाई थियो ।

भैरहवाको देवकोटाचोकदेखि महेन्द्र सभा गृह सम्मको बाटो सडक महोत्सव मनाईरहदा सम्पूर्ण भैरहवा वासी लगायत यस आसपासका बासीन्दाले पूर्ण रुपमा साथ दिएको आयोजकले बताए । कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले यस अघिका केही बर्ष विविध कारणले मनाउन नसकेको सडक महोत्सव अब निरन्तर रुपमा हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप