नेपालमा सुटिङ भएको हलिउड चलचित्रको ट्रेलर सार्वजनिक (भिडियो)
बुधबार, ०१ वैशाख २०७३, १५ : ४०
काठमाडौं – नेपालमा समेत सुटिङ भएको हलिउडको बहुप्रतिक्षित चलचित्र ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा स्वयम्भुदेखि पशुपतिनाथसम्मका दृश्यहरु समावेश भएका छन् । यो मार्भर कमिक्सको पात्रमा आधारित रहेर मार्भल स्टुडियोजले निर्माण गरेको सुपरहिरो चलचित्र हो । गत डिसेम्बर महिनामा चलचित्रको टोली नेपाल आएर सुटिङ गरेको थियो । उनीहरुलाई पशुपतिनाथ, स्वयम्भु, पाटनलगायतका क्षेत्रमा सुटिङ गर्दै गरेको देखिएको थियो ।
नेपालपछि चलचित्रको सुटिङ बेलायतदेखि अमेरिकाको न्युयोर्कसम्म गरिएको थियो । स्कट डेरिक्सनले निर्देशन गरेको यो चलचित्रमा बेनेक्डिट कम्बरब्याच, चिवेटेल एजिओफर, राचेल म्याकएडम्सलगायतको मुख्य भूमिका रहेको छ । चलचित्र नोभेम्बर ४ मा रिलिज गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण