शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रोनाल्डोले फर्काए आलोचकहरुलाई कडा जवाफ

बुधबार, ०१ वैशाख २०७३, १७ : ०१
बुधबार, ०१ वैशाख २०७३

म्याड्रिड – आलोचकहरुलाई कडा जवाफ फर्काउने क्रममा क्रिष्टियानो रोनाल्डोले च्याम्यिन्स लिग फुटबलमा निर्णायक ह्याट्रिक गरेका छन् । उनले गरेको ह्याट्रिकको सहयोगमा जर्मन क्लब उल्फस्वर्गलाई हराउँदै रियाल म्याडिडले सेमिफाइनलको यात्रा गर्यो । यसअघि पहिलो लेगमा रियाल २-० ले पछाडी थियो । त्यसपछि दोस्रो लेगमा घरेलुसमर्थकमाझ चम्किएका रोनाल्डोेले ह्याटिक गर्दा रियालले समग्रमा ३-२ को विजय हासिल गर्यो । गत फेब्रअरीमा मात्रै रोनाल्डोलाई पत्रकारहरुले अहिलेको फर्मका विषयमा प्रश्न राख्दा उनी रिसाएर हिँडेका थिए । त्यतिबेला कुनै जवाफ नफर्काएका रोनाल्डोेले जीतपछि भने, ‘यो सिजन मेरा लागि केही खराब हुनसक्ला तर मानिसहरुले भनेजस्तो खराब भने होइन ।’ यस सिजन रोनाल्डोले आफ्नो गोलसंख्या ४६ पुर्याएका छन । च्याम्पियन्स लिगमा मात्रै उनले १६ गोल गरिसकेका छन् । रोनाल्डोले खेलपछि भने, ‘मेरा लागि यो च्याम्पियन्स लिगको सबैभन्दा सुखद रातमध्ये एक हो । मेरा लागि यो चमत्कार हो ।’ उनले आफू तीन गोल गरेपछि निकै खुसी रहेको तर ठूलो कुरा टोलीको जीत भएको बताए । ‘यो टोलीले निकै राम्रो खेल्यो । यो रात सुन्दर छ,’ उनले भने ।

‘मानिसहरुले मलाई आलोचना गर्न सक्लान् । तर म खेलमा ध्यान दिनेछु । गोल मेरो डिएनएमै छ । त्यसैले म टोलीका लागि स्कोर गर्न चाहन्छु,’ रोनाल्डोले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप