पूर्वका सफल व्यवसायीको आत्महत्याको कारण यस्तो...
इटहरी – चैत २२ गते बिहानै इटहरी लगायत पूर्वका बिभिन्न जिल्लाहरुमा एकाएक हल्ला चल्यो व्यवसायी सुनिल अग्रबालको मृत्यु भयो भन्ने । सुन्नेहरु कतिपयले बिश्वास गरेनन् । अग्रबालको मृत्युको खबर बिहान ८ बजेदेखि व्यवसाय क्षेत्र तथा सर्वसाधरणमा फैलिएको थियो । कारण भने खुल्न सकेको थिएन । हरेकको मनमा एउटै प्रश्न उब्जिएको थियो कि सुनिल अग्रबालको के कारणले मृत्यु भएको थियो ? बजारमा धेरै कुराको हल्ला चल्यो कतिले दुर्घटना भने कतिले बिरामीको कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको भन्ने । तर बजारमा सुनिएको जस्तो हल्ला भन्दा निकै गम्भीर कुरा बजारमा सार्वजनिक भयो कि अग्रबालले त आत्महत्या गरेका रहेछन् । खबर सुनेर सबै स्तब्ध भए । पूर्वका व्यवसायीहरुमा यो खबर प्रवाह भइसकेको थियो । र बिभिन्न जिल्लाका तथा स्थानिय व्यवसायीहरु घर र अस्पतालमा भेला भइसकेका थिए । पछि अस्पतालले पनि भन्यो अगं्रबालले घरको फेनमा झुण्डिएर आत्महत्या गरेका हुन् । पछि प्रहरीले पनि आत्महत्या भएको पुष्टि गरयो । पूर्वका सफल हार्डवेयर व्यवसायी तथा समाजसेवीको रुपमा उनि परिचित हुन्, सुनिल अग्रबाल । उनि उधोग बाणिज्य संघ इटहरीका बाणिज्य तर्फका उपाध्यक्ष पनि । त्यस अलवा उनी पूर्वका धेरै संघसंस्थाका अभिभावक समेत थिए । इटहरीबाट संञ्चालित नमस्ते एफएममा उनि अध्यक्ष समेत हुन । इटहरीमा २० बर्ष अगाडी देखि निरन्तर व्यवसाय क्षेत्रमा आफनो योगदान दिएका अग्रबाल इटहरी तथा पूर्वका मुटु बन्न सकेका थिए । अति नै शिष्ट व्यवहार र आफुलाई भन्दा बढी समाजको लागी केही गरौ भन्ने उनको अभिप्रायका साथ उनि सबैको मनमा छाएका थिए । त्रिशक्ति, जगदब्बा, सिशवम सिमेन्ट तथा बिभिन्न कम्पनिबाट उत्पादित रडका पूर्वका आधिकारी बिक्रेता अग्रबाल थिए । उनि सिमेन्ट तथा रडमा राम्रो व्यवसाय गरेको भन्दै उनलाई उघोगको उत्कृष्ट व्यवसायीबाट पनि सम्मानित थिए । दैनिक १५ लाख बढी कारोबार गर्ने व्यवसायी अग्रबाल राजनितिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा पनि उनको राम्रो सम्बन्ध थियो । यसरी उनले समाजका हरेक क्षेत्रमा आफनो योगदान र उपस्थिति जनाएका थिए । अग्रबालको आत्महत्या कुनै सामान्य थिएन । ‘म जति कमाउँछु त्यसको ८० प्रतिशत म समाजमा खर्च गर्न चाहन्छु,’ उनले हरेक व्यक्तिलाई यही कुरा सुनाउथे । समाजको लागी जीवन दिने व्यक्ति एक्कसी आत्महत्याको बाटो रोज्नुको पछाडी अनेकन प्रश्न उब्जिएका छन् यति बेला । व्यवसायमा डुबेकाहरुलाई उनको सुझापले पुंन व्यवसाय गर्ने मद्धत गर्थै । उनले धेरैलाई सम्झाएका थिए जो बाटो बिराएर हिँडेका थिए । तर आज अरुलाई जिउन सिकाउने व्यक्ति आफै मृत्यु रोज्छन् होला भन्ने कल्पना कसैलाई थिएन । किन गरे होलान त अग्रबालले आत्महत्या ? यस्तै प्रश्नको बेउत्तर छन सबै ।
मधेस आन्दोलन र नाकाबन्दी तीन महिने नाकाबन्दी अनि मधेस आन्दोलनका कारण देश ठप्प बन्यो । आन्दोलनका कारण सबै भन्दा बढी मार व्यवसाय क्षेत्रमा नै थियो । इटहरीबाट हार्डवेयरको व्यवसाय गर्ने अग्रबाललाई पनि मधेस आन्दोलनले ठुलो असर पुर्यएको थियो । आयत गरिएको समान नाकाबन्दी र बन्दहडतालका कारण ल्याउन सकिएको थिएन । दैनिक कारोबार ओरालो झर्न थाल्यो । यो समस्या अग्रबाललाई मात्र नभई देशका सबै व्यवसायीलाई परेको थियो । त्यसको असर अझै पनि व्यवसाय क्षेत्रमा पुगिरहेको छ । मधेस आन्दोलमा अग्रबालले स्टक गरिएका सबै समान बिक्री गरिसकेका थिए । थप समान आयत हुन नपाउँदा उनलाई असर परेको थियो । अग्रबाललाई आन्दोलनले करिब ५० प्रतिशत घाटा बोहोर्नु परेको थियो । नजिकका व्यवसायीलाई अग्रबालले आन्दोलनले घाटा बोहोर्नु परेको गुनासो सुनाउदै आएका थिए । बजारमा बाँकी मनकारी स्वभाव भएका अग्रबाल कसैलाई आर्थिक अफटारो भए घर बनाउन आवश्यक सामाग्रीहरु बाँकीमा दिन्थे । ईटा, सिमेन्ट, रड, जस्तापाता आदी समानहरु उनले बिस्तारै तिर्न शर्तमा उपलब्ध गराउथे । यसरी बाँकी लैजानेहरुमा इटहरी, धरान, बिराटनगर, झापा तथा पहाडी जिल्लाहरुमा समेत थिए । कतिपयले बाँकी तिर्न गरेका थिए भने कतिले लामो समय सम्म पनि उधारो राख्थे । अग्रबालले आफनो नजिकका व्यवसायी साथीहरुलाई भन्थे, ‘बजारको बाँकी रकम उठाउन सकिन’ । यसरी उनले बजारमा दुई करोड बढी मुल्यका सामान बाँकीमा दिएका थिए । केहीले त अग्रबालबाट लगेको समानको रकम नतिरेर फरार समेत भएका थिए ।
पाटर्नरमा चिसोपन अग्रबालले भरखरै मात्र सुनसरीको तित्रिबनमा स्थापना गरिएको आरएनबि जुस उघोगबाट पार्टनसिप फिर्ता लिएका थिए । व्यावसायी भिम पौडेल, रोहित प्रसाई र टंक दुलालको संयुक्त पाटर्नरमा आरएनबि जुस उघोग संञ्चालनमा आएको थियो । उघोगमा लिचि जुस र मिनिरल बाटर उत्पादन हुने गर्छ । तर पछि पाटर्नरमा खटपट आएपछि अग्रबालले आफनो पाटर्नरसिपको लगानी फिर्ता लिएका हुन । अहिले आरएनबि जुस उघोग घाटामा संञ्चालन भइरहेको र उघोगको जिम्मा भिम पौडेल लिएका छन । इटहरी उत्तर हलगडामा निर्माणाधिन ३ स्टार होटलमा पनि उनको पार्टनरसिप छ । जसमा बलराम आर्चाय, भिम पौडेल लगायत अन्य केहीको व्यवसायीको लगानीमा होटल निर्माणाधिन छ । करिब २५ करोड बढीको लगातमा गरिमा होटल अहिले निर्माणको अन्तिम तयारीमा छ । होटलमा पनि अग्रबाल तथा अन्य पाटर्नरबीच चिसोपन शुरु भएको उनका नजिकका व्यवसायी बताउँछन् । भीम पौडेल र अग्रबालबीच पार्टनरको बिषयमा पछिल्लो समय राम्रो सम्बन्ध थिएन । पार्टनरमा चिसोपन बढ्न थालेपछि अग्रबाल सबै स्थानको लगानी फिर्ता लिने सोचमा रहेको उनका परिवारिक एक सदस्यले बताएका छन् । सुनिलले गरेको हरेक पार्टनरसिपमा चिसोपन आएको थियो, नरम स्वभावका सुनिल पाटर्नरसिपमा चिसोपन बढेरै डिप्रेशनमा परेको ती सदस्यको दाबीका छ । अग्रबालको लगानी अझै बिभिन्न स्थानका संघसंस्थामा छ ।
डिप्रेशनको बिरामी व्यवसायी सुनिल अग्रबाल पछिल्लो केही बर्षदेखि डिप्रेशनको बिरामी थिए । व्यवसायमा हुने उतार चढावका कारण उनि डिप्रेशनको शिकार बनेका थिए । भारतको राम्रो अस्पतालमा गएर उनले डिप्रेशनको बिषयमा चिकित्ससँग राय सल्लाह लिएका थिए । पछि डिप्रेशनमा सुघार नआएपछि अग्रबालले औषधी सेवन शुरु गरे । डिप्रेशनमा परेपछि अग्रबाल सानो सानो कुरामा गम्भीर हुने गर्थे । जस कारण व्यवसायमा ठूलो असर पुगेको थियो । बिभिन्न संञ्चार माध्यमा अग्रबालले दुई पटक आत्महत्याको प्रयास गरेको समचार समेत प्रकाशीत भएको थियो । अग्रबालले निर्माणाधिन गरिमा होटलको माथिल्लो छतबाट हाम फाल्ने प्रयास गरेका थिए । उनले बिष सेवन गर्ने प्रयास समेत गरेको संञ्चारमाध्यमले जनाएका छन । अग्रबाललाई एक्लै नछाडनु भनेर चिकित्सकले परिवारका सदस्यहरुलाई सुझाप दिएका थिए । आत्महत्याको कारण अग्रबालले आत्महत्या गर्नुको कारण यही हो भन्नु यकिन नभएपनि उनि पछिल्लो केही हप्ता देखी धेरै तनावमा थिए । डिपे्रशनको औषधि लिइरहेका अग्रबालमाथि बिभिन्न कारणको तनाव भने थियो । अग्रबालले कतिपय व्यवसायीलाई मधेस आन्दोलन र बजारको ऋणले पनि आफु समस्यामा रहेको बताउने गर्थै । कारण यकिन हुन नसकेपनि उनि मधेस आन्दोलन, बजारको रिण तथा पार्टनरसिपबाट सुनिल अग्रबाल पूर्णरुपमा सन्तुष्ट हुन सकेका थिएनन् । मुख्यतः अग्रबाल डिप्रेशनमा थिए । डिप्रेशनकै कारण उनले आफुलाई समाहल्न नसकेको हो कि भन्ने तथ्य सहि साबित हुन सक्छ । ‘सुनिल समाजका लागी अति आबश्यक पर्ने व्यक्ति थिए, एउटा मारवाडी समुदायबाट व्यवसाय गर्न धेरै कठिनाई हुन्छ,’ उनी निकट व्यवसायी तथा उबासंघ पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष टंक दुलाल भन्छन् । दुलाल भने बजारमा आएका हल्ला जे जस्तो भएपनि उनलाई व्यवसायबाट खासै घाटामा थिएन । ‘उनले बैकबाट निकालेको लोन र व्यवसायीक रकम उनको खातामा सुरक्षित छ,’ दुलाल भन्छन्, ‘डिप्रेशनकै कारण सुनिलको ज्यान गयो ।’ उनको अभाव इटहरी तथा पूर्वले गर्ने दुलालको भनाई छ । दुलालले थपे, ‘डिप्रेशनबाट हार खाएका सुनिलले आत्महत्या रोज्नु क्षणिक आबेगको घटना हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण