पूर्व माओवादी लडाकूको बाबुरामलाई प्रश्न : युद्धको बेला योग्य, अहिले हामी कसरी अयोग्य ?’
यी र यस्तै प्रश्नहरुको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले बेपत्ता तथा द्वन्द्वपीडितको समस्याप्रति राजनीतिक दलहरु उदासीन रहेको बताए । ‘झन् बढी जिम्मेवार हुनुपर्ने माओवादी धाराहरु विभाजनका कारण झन बढी उदासीन देखिएका छन्,’ उनले भने । ‘म प्रधानमन्त्री भएको बेला तत्काल राहत दिने निर्णय गरेको थिएँ,’ भट्टराईले स्मरण गर्दै भने, ‘तर अन्य राजनीतिक दलहरु, केही गैरसरकारी संस्था र अदालतले समेत उक्त निर्णय कार्यान्वयन गर्न दिएनन् ।’ उनले बेपत्ता तथा द्वन्द्वपीडितको समस्यालाई सबैको साझा समस्या बताउँदै यसको ठीक ढंगबाट समाधान नभए अर्को द्वन्द्वको खतरा रहेको बताउनुभयो ।
‘यसअघि भएका सबै सम्झौताहरु पालना गरिनुपर्दछ,’ अदालततर्फ संकेत गर्दै उनले भने, ‘अदालतको भूमिका शान्ति प्रक्रियासम्मत हुनुपर्नेमा अपेक्षाकृत सकरात्मक नहुँदा यसले झन जटिलता थप्ने काम गरेको छ ।’ कार्यक्रममा सहभागी अर्का द्वन्द्वपीडित सुमन अधिकारीले द्वन्द्वको बेला मानवीय पक्षमा ध्यान नदिइएको र द्वन्द्व समाधानमा सरोकारवाला पक्ष गम्भीर नभएको गुनासो पोखे । २०६० सालमा आफ्नी दिदी बेपत्ता भएकी् र अहिलेसम्म कुनै खबर नभएको भन्दै तनहुँकी ओमकुमारी पौडेले राज्यले जवाफ नदिएकोमा आक्रोश पोख्नुभयो । कार्यक्रममा सहभागी बेपत्ता राजेन्द्र ढकालकी जीवनसंगिनी विमला ढकालले एनजिओर मानवअधिकारवादी संस्थातर्फ संकेत गर्दै सहिद तथा बेपत्ता परिवारको फोटोको व्यापार भइरहेको भन्दै व्यापार भन्दा समाधान खोजिनुपर्नेमा जोड दिइन् । ह्वील चेयरमा कार्यक्रम स्थलमा पुगेका सूर्यमान नेपालीले २०५७ मंसीर ८ गते ४ वटा गोली लागेपनि शान्ति मन्त्रालयबाट अहिलेसम्म भत्ता नपाएको र भत्ताको लागि धाउँदा ३ लाख ट्याक्सी भाडा मात्रै खर्च भएको गुनासो गरे । उहाँको प्रश्न थियो, ‘द्वन्द्वपीडितको नाममा आएको रकम कहाँ जान्छ ?’ कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुको गुनासोको जवाफ दिँदै नेता भट्टराईले द्वन्द्वको घाउ कोट्याएर थप द्वन्द्वमा जाने भन्दै इतिहास बडो निर्मम भएको स्मरण गरे । संसारको इतिहासमा ५ हजार वर्षमा ७ हप्ता मात्रै युद्ध नभएको सन्दर्भ उल्लेख गर्दै थुप्रै मानिसहरु मरेको र त्यसको प्रतिशोधमा आएर समाधान नहुने बताए। द्वन्द्वकालीन समस्या समाधानको उपयुक्त थलो मेलमिलाप तथा बेपत्ता आयोग नै रहेको उनको ठम्याई थियो । क्षति हुनेलाई राज्यले राहत दिनैपर्ने भन्दै उहाँले सेना र प्रहरीलाई तत्कालीन सरकारले ७ लाख राहत पहिले नै दिएको बताए । ‘दुवै पक्षलाई अन्तरिम राहत दिनुपर्छ र पछि सत्य निरुपण आयोगले दिएको विवरण अनुसार क्षतिपूर्ति दिनुपर्छ ।’ अहिले युद्धरत र सरकार दुवै पक्ष नभएको र दुवै पक्ष एउटै पक्षमा रुपान्तरण भएकोले पीडा हल गर्न सामूहिक प्रयत्न गर्नुपर्नेमा भट्टराईले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण