१५ वर्षीया विनिताको बिद्रोह : बालविवाह गराउन खोज्ने आफ्नै आमाबाबुबिरुद्ध उजुरी
जाजरकोट - यहाँकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिवावक विरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ । जिल्लाको मजकोट गाविस वडा–३ की १५ वर्षिया विनिता टमाटाले स्थानीय वालक्लव,वडा नागरिक मञ्चमा जवरजस्ती वालविवाह गराउन खोज्ने आमा,वावा विरुद्ध उजुरी दिएपछि वुधवार विवाह रोकिएको छ । विनिताको दैलेख जगनाथ गाविस वडा नं ३ का २० वर्षिय मिलन विकसंग मागी विवाह गर्न लाग्दा विवाह रोकिएको मजकोट–३ नं वडाका नागरिक मञ्च अध्यक्ष वीरवहादुर शाहीले जानकारी दिए । विनिताका वावु सगते विकले एसएलसी दिएर वसेकी छोरीलाई जन्ती ल्याएर जवरजस्ती विवाह गाउन खोजेपछि विनिताले प्रतिकार गदै अधिकारकर्मी गुहारेको वताए । उमरै नपुगी विवाह गर्न राम्रो हाईन भनी छारीले बाबुलाई भनेपनि ‘म बाबु हुँ, तैले भनेर हुन्छ ? विवाह गर्नै पर्छ । राम्रो ईष्ट आएका छन्,’ भन्दै जबर्जस्ती विवाह गराउन खोजेका थिए । उजुरी पछि ईलाका प्रहरी कार्यालय पञ्चाला, वडा नागरिक मञ्च, बालसञ्जालको संयुक्त प्रयासमा विवाह रोकिएको स्थानिय काँसी न्यौपानेले वताए । दुवै तर्फका अभिवावकलाई सम्झाई वुझाई विवाह रोकिएको वालसञ्जालका अध्यक्ष भविन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण