शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वरिष्ठ सङ्गीतकार गुरुङ सम्मानीत

बुधबार, ०१ वैशाख २०७३, १९ : ३८
बुधबार, ०१ वैशाख २०७३

काठमाडौँ– आज नयाँ वर्ष घरमै पाहुनालाई समय दिने योजना थियो । बिहानै फोन आयो आज ११ बजे वरिष्ठ सङ्गीतकार अम्बर गुरूङलाई नागरिक अभिनन्दन गरिँदै छ, तपाई आइदिनुप¥यो भनेर । मैले सोचे पाहुनालाई घरमै बसालेर अम्बर गुरूङको अभिनन्दन कार्यक्रममा जानुपर्छ अनि कम्युटरमा बसे र अम्बर गुरूङको बारेमा यी हरफहरू लेखे ।

अम्बर तिमी अमर रहन्छौँ गीतको गुञ्जनमा भावना तिम्रो देशभक्ति पूर्ण अटल छ सङ्गीतमा, हिमाल जस्तो व्यक्तित्व तिम्रो चम्किलो देशमा नेपाली भनी चिनारी दिने गर्विलो जोशमा ।

अजर अमर गीतहरू स्रोता समूहद्वारा यहाँ आज आयोजित वरिष्ठ सङ्गीतकार अम्बर गुरूङको नागरिक अभिनन्दन तथा शुभकामना कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले वाचन गरेको कविता हो यो ।

उपप्रधानमन्त्री रावलले वरिष्ठ सङ्गीतकार गुरूङलाई वरिष्ठ सङ्गीतकार स्व ज्ञानबहादुर श्रेष्ठका नाममा स्थापित ‘ज्ञानबहादुर स्मृति सङ्गीत पुरस्कार प्रदान गर्दै वरिष्ठ सङ्गीतकारको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोरेको छ र अझै पनि उनलाई सहयोग गर्न तयार छ भने ।  पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

“उनले धेरै गीत सङ्गीत गाउन नसकिरहेका अवस्थामा उनको उपस्थितिले नै हामी गौरवान्वित भएका छौँ”– उपपधानमन्त्री रावलले भने । अम्बर गुरूङका गीत सङ्गीत सुन्नका लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

गीतकार रत्न शमशेर थापा, वरिष्ठ गीतकार कालिप्रसाद रिजाल र कवि तथा गीतकार सुभासचन्द ढुङ्गेलले वरिष्ठ सङ्गीतकार गुरूङले नेपाली गीत सङ्गीतमा पु¥याएको योगदानको चर्चा गरे । करिब १०० भन्दा बढी नेपाली गीत सङ्गीतका रचयिता गुरूङले राष्ट्रिय गान (सयौँ थुङ्गा फूलका हामी...) मा सङ्गीत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप