शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

म्यानमारमा आएको भूकम्पको धक्का नेपालसम्म

बुधबार, ०१ वैशाख २०७३, २० : १२
बुधबार, ०१ वैशाख २०७३

काठमाडौं– वैशाख १२ को महाभूकम्पपछि परकम्पहरु आउने क्रम जारी रहँदा बुधबार साँझ म्यानमारको मन्डालेबाट १७७ किलोमिटर पर रहेको उत्तर पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु भएर परकम्प गएको धक्का नेपालमा पनि महसुस भएको छ । इसिएमसीका अनुसार ६.८ रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको हो ।

नेपाली समयअनुसार म्यानमारमा केन्द्रविन्दु भएको बुधबार साँझ ७ बजेर ४० मिनेटमा गएको हो ।

भूकम्पको असर भारतको राजधानी नयाँ दिल्ली तथा कलकत्ता, सिक्किम दार्जिलिङसँगै नेपालको पूर्वी भूभागमा समेत परेको हुनसक्ने अनुमान लगाइएको छ । भूकम्पको प्रभाव नेपालको पूर्वी क्षेत्रसँगै बंगलादेश, भूटान, अफगानिस्तान र पाकिस्तानमा पनि परेको छ । अहिले त्रासका कारण नेपालको पूर्वी भूभागका मानिसहरु घरबाहिर निस्केर बसेका छन् । क्षतिको स्पष्ट विवरण अझै आएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप