शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ वर्षमा ट्रक दुर्घटना हुँदा ६ जना घाइते

बिहीबार, ०२ वैशाख २०७३, ०७ : ५०
बिहीबार, ०२ वैशाख २०७३

जाजरकोट – राकमबाट जाजरकोट आउँदै गरेको ट्रक वुधवार वेलुका ९ वजे दुर्घटना हुँदा छ जना गम्भिर घाईते भएको प्रहरीले बताएको छ ।

भेरीमालिका नगरपालीकाको खोदेखोलामा ट्रक दुर्घटना हुँदा कैलाली घरभई कोहलपुर पिपलवोट बस्ने चालक लोकवहादुर थापा, चौरजहारी नगरपालिका वडा नं ११ का २८ वर्षीय रीता शाही, उनका श्रीमान् २९ वर्षीय सुनिल शाही, छोरी ७ वर्षीय रोशनी शाही, रहेका छन् ।

त्यस्तै चौरजहारी नपा वडा–११ कै वर्ष ५५ कि लक्ष्मी थापा, ट्रकको सहचालक भेरीमालिका १० का १६ वर्षीय रामवहादुर खत्री घाईते भएको प्रहरीले वताएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ । हेमन्त केसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप