तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदैछ
सप्तरी– तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ ।
सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ । साथै घरका छेउछाउमा रहेका रूख तथा बोटबिरुवामा समेत शीतल जल छर्किने गरिन्छ । यसबाट शान्ति र शीतलतासमेत प्रदान गरिने विश्वास गरिन्छ । यस पर्वमा बरी, करहीलगायत विभिन्न खानेकुराको परिकार बनाएर खाने चलन छ भने युवायुवतीले एकअर्कालाई हिलो छ्याप्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गर्ने गर्दछ ।
सप्तरीको सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न गाउँघरमा एकआपसमा हिलो छर्किने काम आज बिहानदेखि सुरु भएको छ । प्रत्येक वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रवेश गरेको दिन जौको पीठोबाट बनाइएको सत्तु खाएर बुधबार सतुवाइन पर्व मनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण