शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकीको भवन अलपत्र

बिहीबार, ०२ वैशाख २०७३, ०९ : २८
बिहीबार, ०२ वैशाख २०७३

पर्वत– ठेकेदारको लापरबाहीका कारण पर्वतको माझफाँटस्थित मल्लाज स्वास्थ्यचौकीको भवन निर्माण कार्य अलपत्र परेको छ ।

डेढ वर्षमा काम सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायी तीन वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि सम्र्पकविहीन बनेका छन् । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय पोखरामार्फत एक करोड २५ लाख रुपैयाँको लागतमा तीन वर्षअघि स्वास्थ्यचौकीको सुविधासम्पन्न, आधुनिक संरचनासहितको भवन निर्माण कार्य सुरु भएको थियो ।

भवन निर्माणको जिम्मेवारी लिएका कास्कीका निर्माण व्यवसायी ठाकुर बरालले अन्तिम अवस्थामा आएर कामलाई पूर्णता नदिई सम्र्पकविहीन भएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो । भवनको संरचना तयार भए पनि रङ्गरोगन, विद्युत्, खानेपानी जडान र व्यवस्थापनको काम बाँकी छ । स्वास्थ्यचौकीले हाल पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको छ । नयाँ भवन छिटो प्रयोगमा ल्याउन सकेमा सेवा प्रवाह सहज हुने चौकीका प्रमुख गोरे नेपालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप