घरमा आगलागी हुँदा साढे आठ लाखको क्षति
बिहीबार, ०२ वैशाख २०७३, ०९ : २९
मोरङ– मोरङको गोविन्दपुर–१ मुसरभट्टी गाउँस्थित एक घरमा आज बिहान आगलागी हुँदा साढे आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहान २ बजेतिर गोन्दिपुर–१ का रत्नबहादुर बस्नेतको भान्साघरबाट आगो सल्किँदा भान्साघार, उनी बस्दै आएको घर, घरभित्र रहेको नगद एक लाख, अन्नपात, लत्ताकपडा, बाख्रा सातवटा जल्दा आठ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई प्रहरी, स्थानीयवासी र झापा दमकबाट गएको वारुणयन्त्रको सहयोगमा करिब ५० मिनेटपछि नियन्त्रणमा लिइएको थियो । राति खाना खाएर आगोलाई राम्रोसँग ननिभाउँदा आगलागी भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण