आठौं पटक जुजुभाइले जिब्रो छेडे (फोटोफिचर)
काठमाडौं–सातौँ पटक जिब्रो छेडिसकेका बोडेका ३५ वर्षीय जुजुभाइ वासँ श्रेष्ठले यो वर्ष पनि जिब्रो छेडेका छन् । संस्कृति जोगाई राख्न जीवनभर जिब्रो छेड्ने घोषणा गरेका जुजुभाईले यसवर्ष आठौंपटक जिब्रो छेडेका हुन् ।
परापूर्वकालमा यो जात्रा सञ्चालनमा आएपछि बोडेमा महाभूकम्प नजान, यहाँका बासिन्दाले कुनै कुरामा दुःख नपाउने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, नहुने र धर्मको चेष्टा बढाउने जनविश्वसालाई गत वैशाख १२ गतेको भूकम्पले यहाँ कुनै क्षति नपु¥याएपछि प्रमाणित गरेको बताउँदै श्रेष्ठले अब हरेक वर्ष आफैँले जिब्रो छेड्ने घोषणा गरेका छन् ।
उनले चैत १६ गते पत्रकार सम्मेलन गरी बोडेका बासिन्दाको सहयोग रहेसम्म जात्रालाई निरन्तरता दिन आफूले जिब्रो छेड्ने बताएका छन् ।
उनलाई बाँस एवम् निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर विभिन्न टोलटोलमा घुमाइएको थियो ।
जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण